२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

गठबन्धन अझै १५ वर्ष टिक्छ : प्रधानमन्त्री देउवा

अछाम — नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको सत्तारुढ गठबन्धन अझै १५ वर्षभन्दा बढी टिक्ने बताएका छन् ।

अछामको सदरमुकाम मंगलसेनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधान रक्षाका लागि पटक(पटक एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सम्झाउँदा पनि नमानेको बताए ।

संविधानको रक्षाका लागि हामीले पटक(पटक ओलीजीलाई सम्झायौं । उहाँले मान्नु भएन । संसद् विघटन गर्नुभयो । ओलीजीले आलोचना पनि सहन सक्नु भएन, प्रधानमन्त्री देउवाले भने, बाध्य भएपछि बहुमत पुग्ने गरी अदालत गयौं । अदालतले ओलीजीलाई हटायो । अन्तमा मेरो नेतृत्वमा सबैको सहकार्यमा सरकार निर्माण भयो ।

अब संविधान रक्षा र र स्थायित्वका लागि यो गठबन्धन १० / १५ वर्ष बढी टिक्छ । कम्तीमा ३ / ४ चुनावहरूमा यो गठबन्धन सहकार्य गर्छ । त्यसका लागि हाम्रा साझा उम्मेदवारले जित्न आवश्यक छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७९ मंसिर १

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP