काठमाडौं- राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले ५ वटा विधेयक प्रमाणीकरण गरेकी छन्।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका देहाय बमोजिमका विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी हुन्।
१ तथ्यांक सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक
२ स्टाण्डर्ड नाप र तौल ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक
३ प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
४ सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
५ योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक
दिपायल, वैशाख १७ गते । डोटीमा इभि हाइस दुर्घटना हुँदा...