२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

गठबन्धनका नेताहरुको बैठक जारी, सीट बाँडफाँट आजै टुंग्याउने कसरत

फाइल तस्बिर ।

काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा पाँचदलीय गठबन्धनको बैठक जारी छ । बिहान १० बजेदेखि सुरू बैठक खाना, खाजापछि पनि चलिरहेको छ ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा सीट बाँडफाँटको टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बसिरहेको हो । बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, राजमो उपाध्यक्ष दुर्गा पौडेलका साथै सिट बाँडफाँटसम्बन्धी कार्यदलका सदस्यहरू सहभागी छन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौला संयोजकत्वको कार्यदलले अपुरो प्रतिवेदन शीर्ष नेताहरूलाई बुझाएको थियो । ९० सीटमा सहमति भएपनि दोहोरो-तेहेरो दाबी भएका बाँकी ७५ सीट भागबण्डा लगाउन नेताहरू सकसमा छन् ।

कार्यदलका एक सदस्यले आजै सीट बाँडफाँटको टुंगो लगाउने बताए । ‘सम्भवतः आजको बैठक सिट बाँडफाँटबारे एउटा सहमतिमा पुग्छ होला । प्रदेशको पनि सीट बाँडफाँड गर्नुपर्ने भएकाले प्याकेजमै टुंगो लगाउने कि भन्ने मत केही नेतामा देखियो,’ उनले भने ।

कांग्रेसमा एक सय सिटभन्दा तल नझर्न शेखर कोइराला पक्षको चर्को दबाब छ । माओवादीले ६० र एकीकृत समाजवादीले ४० सिटमा दाबी गरेका छन् । जसपाले ३२ सिट पाउनुपर्ने अडान राखेको छ ।

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०७९ भाद्र २७

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP