२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

सत्ता गठबन्धनको आजको बैठकले पनि सीट बाँडफाँटको टुंगो लगाउन सकेन

काठमाडौं- सत्ता गठबन्धनका शीर्ष नेताको आजको बैठक पनि सीट बाँडफाँटविनै टुंगिएको छ । भोलि बिहान ८ बजे बस्ने गरी बैठक टुंगिएको हो ।

बैठकबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङमात्रै भएको बताए ।

‘हामीले तालमेलका बारेमा छलफल गर्‍यौं । कार्यदलले तयार पारेको प्रतिवेदनका बारेमा त्यहाँ रिपोर्टिङ भयो’, उनले भने, ‘कार्यदलले केही कुरा मिलाएको छ, केही बाँकी छ । त्यस विषयमा भोलि फेरि बस्छौं ।’

बिहान ८ बजे बस्ने बैठकले सीट बाँडफाँट टुंगो लगाउने आजको बैठकले निर्णय गरेको नेता खनालले जानकारी दिए । उनले भने, ‘भोलि हामी सकेसम्म टुंगो लगाउँछौं । केही केही बाँकी रहे अगाडि जाला । तर, अधिकांश विषय भोलि टुंग्याउँछौं ।’

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७९ भाद्र २६

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP