२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

सिट बाँडफाँटको टुङ्गो बुधबार सम्म लाग्छ : अध्यक्ष प्रचण्ड

कैलाली- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ गठबन्धनबीच भोलि सिट बाँडफाँटको टुङ्गो लाग्ने बताउनुभएको छ ।

प्रेस सेन्टर, नेपालले आज धनगढी विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा उहाँले शीर्ष नेताहरू बसेर भोलि सिट बाँडफाँटलाई अन्तिम टुङ्गोमा लगाउने बताउनुभएको हो ।

‘सिट सङ्ख्या क्षेत्र र प्रदेशमा एकैचोटी टुङ्ग्याउने भनेर लागिपरेका छौँ’, उहाँले भन्नुभयो, ‘भोलिसम्म शीर्ष तहमा बसेर त्यसलाई अन्तिम रूप दिने कुरा छ ।’

नेपाली कांग्रेसले प्रतिनिधिसभामा १०० सिट मागे पनि ८० को वरिपरिमा सकारात्मक रहेको उहाँको भनाइ छ । त्यस्तै, माओवादी केन्द्रले ६० सिटको दाबी गरेअनुसार वरिपरिमै सिट मिल्ने आफूले विश्वास गरेको उहाँले बताउनुभयो ।

यसैगरी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीले २५ / २५ वटा सिट दाबी गरे पनि सबैलाई मिलाइने उहाँको भनाइ छ ।

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०७९ भाद्र २१

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP