२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

यी हुन् डोटीको प्रदेश सभा “क”बाट प्रदेश सभा सदस्यका लागि टिकट माग गर्ने २३ आकांक्षी


दिपायल – मंसिर ४ मा हुने प्रदेश सभाको निर्वाचनका लागि डोटीको प्रदेश सभा “क” बाट उम्मेदवार बन्न २३ जनाले आवेदन दिएका छन् । प्रत्यक्ष र समानुपातिक गरी २३ जनाले आवेदन दिएका हुन् ।

नेपाली कांग्रेसले उम्मेदवार हुन इच्छुकसँग आवेदन माग गरेपछि आकांक्षी उम्मेदवारले आवेदन दिएका हुन् । नेपाली कांग्रेस डोटीका अनुसार प्रदेश सभा “क” का लागि प्रत्यक्ष तर्फ ७ जनाले आवेदन दिएका छन् भने १६ जनाले समानुपातिकमा आवेदन पेश गरेका छन् ।

प्रदेश सभा “क” बाट प्रत्यक्षतर्फ पार्टी सभापति नरेन्द्र बहादुर सिंह , महाधिबेशन प्रतिनिधी जीत बहादुर खड्का, प्रदेश प्रतिनिधि भक्तराज जोशी, पूर्व नगर प्रमुख घनश्यामदक्त पाठक , तरुण दलका पूर्व केन्द्रीय सदस्य राम बहादुर रोकाया, नेताहरु अर्जुन बहादुर खड्का, नन्दन सिंह धामीले नाम दर्ता गराएका छन् ।

समानुपातिक तर्फ प्रेमा श्रेष्ठ, रबिन्द्र बागचन्द, श्याम खड्का, कुमार सिं टेलर, प्रेम बहादुर बलायर, धौली देवी रावल, शेर बहादुर बोगटी, पार्वती चन्द, कमला देवी बोहरा, पूर्ण बहादुर कठायत, मिना बिक, माया देवी कुँवर, दुर्गा शर्मा, चेतराज उपाध्याय, बिरेन्द्र शाह र प्रशिस महराले नाम दर्ता गराएका छन् । यी मध्यमा पनि अधिकांस सांसदका लागि नयाँ अनुहार नै हुन् । ०७४ को निर्वाचनमा समानुपातिकको उम्मेदवार दलिततर्फ कुमारी सिंह टेलर परेका थिए ।

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०७९ भाद्र १५

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP