२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

यी हुन् डोटीबाट प्रदेशसभा सदस्यका लागि आकांक्षी ४२ उम्मेदवार

दिपायल – मंसिर ४ मा हुने प्रदेश सभाको निर्वाचनका लागि डोटीका ४२ जनाले उम्मेदवार बन्न आकांक्षा राख्दै आवेदन दिएका छन् । दुई वटा प्रदेश सभा निर्वाचन क्षेत्र रहेको डोटीमा प्रत्यक्ष र समानुपातिक गरी ४२ जनाले आवेदन दिएका हुन् ।

नेपाली कांग्रेसले उम्मेदवार हुन इच्छुकसँग आवेदन माग गरेपछि आकांक्षी उम्मेदवारले आवेदन दिएका हुन् । नेपाली कांग्रेस डोटीका अनुसार प्रदेश सभा “क” का लागि प्रत्यक्ष तर्फ ७ जनाले आवेदन दिएका छन् भने १६ जनाले समानुपातिकमा आवेदन पेश गरेका छन् । त्यस्तै प्रदेश सभा “ख” का लागि प्रत्यक्ष तर्फ ९ जनाले आवेदन पेश गरेका छन् भने १० जनाले समानुपातिकका लागि आवेदन दिएका छन् ।

प्रदेश सभा निर्वाचनका लागि नेपाली कांग्रेसबाट नयाँ अनुहारले मात्र उम्मेदवार हुने आकांक्षा दर्शाएका छन् । पुराना अनुहारका कुनै पनि नेताले प्रदेश सभासदस्यतर्फ रुची देखाएका छैनन् ।

प्रदेश सभा “क” मा पार्टी सभापति नरेन्द्र बहादुर सिंह , महाधिबेशन प्रतिनिधी जीत बहादुर खड्का, प्रदेश प्रतिनिधि भक्तराज जोशी, पूर्व नगर प्रमुख घनश्यामदक्त पाठक , तरुण दलका पूर्व केन्द्रीय सदस्य राम बहादुर रोकाया, नेताहरु अर्जुन बहादुर खड्का, नन्दन सिंह धामीले नाम दर्ता गराएका छन् । प्रत्यक्ष तर्फ नाम दर्ता गराएका यी कुनै पनि आकांक्षिले यसअघि सांसदको निर्वाचन लडेका छैनन् । ०७४ को निर्वाचनमा प्रदेश सभा “क” बाट निर्वाचीत भरत बहादुर खड्का र लामो समय सांसदमा निर्वाचित भक्तबहादुर बलायरले पनि आकांक्षा देखाएनन् ।

त्यस्तै प्रदेश “ख” मा पनि नयाँ अनुहार नै आएका छन् । निर्वतमान जिल्ला सभापति प्रदिप कुमार देउबा, १४ औं महाधिबेशनका जिल्ला सभापतिका उम्मेदवार भूमीराज बडु, शिखर नगरपालिकाका निवर्तमान नगर प्रमुख सीताराम जोशी, जिल्ला सचिव नारायण बलायर, केआईसिंह गाउँपालिका सभापति अर्जुन बलायर, पूर्व महाधिबेशन प्रतिनिधी लक्ष्मीराज पाठक, पूर्व महासमिति सदस्य पदमराज जोशी तथा नेताहरु भक्त बहादुर मल्लसर्वजीत रावलले प्रत्यक्ष तर्फ चुनाव लड्ने आकांक्षा देखाएका छन् । यस अघि प्रदेश सभासदस्यका लागि “ख” बाट निर्वाचनमा लडेका योगेन्द्र बहादुर शाही, अन्तरिम संसदका सदस्य यज्ञराज पाठकले पनि चाहना राखेनन् । बरु ०७४ सालका समानुपातिक उम्मेदवार पदमराज जोशी भने प्रत्यक्ष तर्फ जाने भएका छन् ।

समानुपातिक तर्फ प्रदेश “क” मा प्रेमा श्रेष्ठ, रबिन्द्र बागचन्द, श्याम खड्का, कुमार सिं टेलर, प्रेम बहादुर बलायर, धौली देवी रावल, शेर बहादुर बोगटी, पार्वती चन्द, कमला देवी बोहरा, पूर्ण बहादुर कठायत, मिना बिक, माया देवी कुँवर, दुर्गा शर्मा, चेतराज उपाध्याय, बिरेन्द्र शाह र प्रशिस महराले नाम दर्ता गराएका छन् । यी मध्यमा पनि अधिकांस सांसदका लागि नयाँ अनुहार नै हुन् । ०७४ को निर्वाचनमा समानुपातिकको उम्मेदवार दलिततर्फ कुमारी सिंह टेलर परेका थिए ।

त्यस्तै प्रदेश “ख” मा समानुपातिक तर्फ कृष्ण बहादुर चन्द, दिर्घ बहादुर बम, दिपक बहादुर शाही, तेज बहादुर लुहार, प्रतिमा शाह शाही, भावना बम ओझा, रामचन्द्र राणा, लाल बहादुर बिक, लिलाधर जोशी, सोपान सिं बोहराइन्द्रा बोहरा रहेका छन् ।

आकांक्षीहरुले मंगलबार क्षेत्रीय समिति मार्फत नाम दर्ता गराएका थिए । क्षेत्रीय समितिले सबै आकांक्षीहरुको नाम सिफारिस गरेर’ जिल्लामा पठाएको छ । पार्टीमा लामो समय संघर्ष गरेका, योगदान दिएका योग्य व्यक्तिहरुले आकांक्षा राखेकोले उहाँहरुको आकांक्षा जायज रहेको जिल्ला पार्टी सभापति नरेन्द्र बहादुर सिंहले बताए ।

“नेपाली कांग्रेसमा बौद्धिक, संघर्षशील, क्षमतावान, अनुसासित र राजनीतिक संस्कार भएका हजारौं इमान्दार नेता कार्यकर्ताहरु भएको पार्टी हो,“नेताहरुको ठुलो जमातबाट ४२ जनाको नाम आउनु जायज र स्वाभाविक कुरा हो । तर हामीलले प्रत्यक्षतर्फ दुई जना र समानुपातिक तर्फ केही मात्र व्यक्तिहरु अगाडि सार्नुपर्ने बाध्यता छ । यसलाई सबै नेता कार्यकर्ताहरुले बुझ्नु भएको छ । सकभर हामी जिल्लाबाटै सर्वसम्मत गरेर पठाउने प्रयास गर्ने छौं । सबैको मनोभावना बुझेर सबैले रुचाउने, सबैलाई न्यायोचित लाग्ने गरेर निर्णय हुनेछ ।”

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७९ भाद्र १५

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP