२०८१ माघ २, बुधबार
January 15, 2025, Wednesday

समाजवादीका पूर्व प्रदेश पार्टी अध्यक्ष शाही सहित दर्जनबढी नेता कार्यकर्ता एमालेमा प्रवेश


दिपायल- नेकपा एकीकृत समाजवादीका पूर्व प्रदेश अध्यक्ष बिक्रमबहादुर शाही सहित दर्जन बढी नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीले आयोजना गरेको ‘बृहत् जनसभा तथा पार्टी प्रवेश कार्यक्रम’ मा उनीहरु एमालेमा फर्किएका हुन् ।

सुदूरपश्चिम प्रदेशबाट नेकपा एकीकृत समाजवादीमा आवद्ध नेता कार्यकर्ताहरु एमालेमा फर्किए पछि एमालेमा उत्साह छाएको छ । पार्टीमा फर्किएका नेता कार्यकर्ताहरुलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वागत गरेका छन् ।

एमाले विभाजनपछि नेकपा एकीकृत समाजवादीमा सक्रिय रहि सुदूरपश्चिम प्रदेश कमिटीमा अध्यक्षको जिम्मेबारी पुरा गरिसकेका बिक्रमबहादुर शाही, प्रतिनिधि सभा सदस्य विना बुढाथोकी, प्रदेशसभा सदस्य तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोक कुमार चन्दसहितका नेता एमालेमा फर्केका हुन् ।

आज मात्रै वर्खास्तमा परेका सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार राज्यमन्त्री कुलवीर चौधरी पनि एमालेमा फर्किएका छन् ।

Related News

पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
  • २०७९ भाद्र १५

दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...

TOP