२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

कांग्रेसको नेतृत्वमा सरकार बन्न जरुरी छ : कानुन मन्त्री रावल

दिपायल– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलले मंसिरमा हुने निर्वाचन पछि कांग्रेसको नेतृत्वमा सरकार बन्न जरुरी रहेको बताए । नेपाल प्रेस युनियन डोटी शाखाले सिलगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले देशमा आर्थिक, राजनीतिक स्थिरता ल्याउन कांग्रेसको नेतृत्वमा सरकार बन्न जरुरी रहेको बताएका हुन् ।

डोटी लगायत केही जिल्लाहरुमा गठबन्धन आवश्यक नभए पनि समग्र राष्ट्रिय हितका लागि सबैदलहरुलाई मिलाएर लग्न आवश्यक रहेको मन्त्री रावलले बताए । केपी ओली नेतृत्वको सरकारबाट जुनसुकै बेला देश दुर्घटनामा जानसक्ने अवस्था आएपछि गठबन्धन गरेर देश बचाउनुपर्ने अवस्था आएको उनले बताए ।

“४६ सालको आन्दोलन देखि राष्ट्रिय हितका काम र परिवर्तनमा एकता, तालमेल र गठबन्धन भएको पाइन्छ,‘उनले भने,‘देशका बामशक्तिहरु पनि लोकतन्त्रलाई मुलमन्त्र मानेर हामीसँग जोडिएका छन् । उनीहरुले आफ्नो बीचारलाई थाति राखेर लोकतान्त्रिक मुल्यमान्यतालाई अबलम्बन गरिसकेपछि मिलाएर लगेर जानुपर्छ । प्रदेश र संघमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्न जरुरी छ ।”

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०७९ भाद्र १२

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP