२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

जनार्दन शर्मा फेरि अर्थमन्त्री, आजै सपथको तयारी

काठमाडौं । असार २२ गते पदबाट राजीनामा दिएका नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पुनः अर्थमन्त्रीको जिम्मेवारी पाउने भएका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शर्माको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाउँदैछन्। त्यसपछि उनले आजै सपथ लिने तयारी भइरहेको छ।

बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्ति ल्याएको आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए। सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो। समितिले अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको भन्दै शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको छ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०७९ श्रावण १५

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP