दिपायल- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले निर्वाचन अघि पार्टी एकता सम्भव नभएको बताए । पार्टीको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमका लागि डोटी पुगेका उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै तत्काल बाम एकता सम्भव नभएको बताउँदै आवश्यकताका आधारमा चुनावी मोर्चा बन्न सक्ने बताए ।
‘चुनावमा गठबन्धन भनेर मात्रै हुँदैन सबै दल गठबन्धनको उद्येश्य अनुरुप बफादार हुनु पर्छ,‘उनले भने,‘स्थानीय तहको निर्वाचनमा त्यो बफादारिता देखिएन । त्यसैले पनि अब हामी आफ्नै खुट्टामा उभिने छौं । सबै निर्वाचन क्षेत्रमा हाम्रो उमेदवारी रहने छ ।’
अध्यक्ष नेपालले न्यायोचित र विश्वासिलो गठबन्धन नभए एक्ला–एक्लै पनि चुनावमा जानुपर्ने अवस्था आउनसक्ने भएकाले निर्वाचनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । चुनावका लागि अर्थपूर्ण र न्यायोचित सहभागिता भएमात्रै चुनावी मोर्चा बन्नसक्ने बताउँदै उनले चुनाव अघि कुनै पनि दलसँग पार्टी एकता नहुने स्पष्ट पारे ।
बाम एकताका सम्बन्धमा पार्टी भित्र र अन्य दलहरुसँग गृहकार्य अगाडी बढेको भए पनि चुनाव अघि त्यो सम्भव नरहेको उनको भनाई छ ।
यसै विच पार्टी अध्यक्ष नेपालले सुदूरपश्चिमको प्रसिद्ध धार्मिकस्थल शैलेश्वरी मन्दिरको दर्शन गरेका छन् । मन्दिर दर्शनका क्रममा शैलेश्वरी क्षेत्र विकास समितिले अध्यक्ष नेपाल लगायतको टोलीलाई बाजागाजा सहित स्वागत तथा अभिनन्दन समेत गरेको छ ।
अध्यक्ष नेपालसँगै पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पनि गृह जिल्ला डोटी पुगेका छन् ।
दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...