दिपायल- सुदूरपश्चिम प्रदेशका सामाजिक विकास राज्यमन्त्री टेकबहादुर रैकाले प्रदेश राजधानीको निर्णय उल्ट्याउन सकिने बताए । सोमबार डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्न आयोजित कार्यक्रममा बोल्दै उनले आउने निर्बाचन पछि डोटीमा राजधानी तोक्नसकिने बताएका हुन् ।
तत्कालिन प्रदेश सरकार गोदाबरी जङ्गलमा राजधानी बनाउने निर्णयमा चुकेको बताउँदै उनले राजधानी निर्माणको काम सुन्यबाट अघि बढ्न नसकेको बताए । सम्भावना र लगानी नै लगाउन नकिने क्षेत्रमा स्थायी राजधानी तोकिनु भन्दा पर्याप्त सरकारी संरचना र भवनहरु भएको तत्कालिन क्षेत्रीय सदरमुकाममा नै राजधानी तोक्नु पथ्र्यो,‘उनले भने,‘कसको के स्वार्थ मिलेन थाह भएन । हाल दिपायलमा रहेका भौतिक संरचनाहरु खेर जाने अवस्थामा छन् । यो ठाउँमा अझै पनि राजधानी फिर्ता ल्याउँन सकिन्छ ।’
‘आगामी निर्वाचनमा जनताले बिबेक पु¥याएर मतदान गरेमा आउने सरकारले राजधानीको निर्णय उल्ट्याउन सक्छ । म पनि डोटीमा राजधानी कायम गर्नका लागि कहाँ अनसन बस्नु पर्छ, कहाँ आन्दोलन गर्नु पर्छ, कहाँबाट निर्णय गराउनु पर्छ तयार छु,‘उनले थपे ।’
मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारले प्रदेश सभामा बहुमत जुटाएर गोदावरीमा स्थायी राजधानी राख्ने निर्णय गरेको थियो । तत्कालिन नेकपाका तर्फबाट मुख्यमन्त्री लगायत डोटीका तीन जना प्रदेश सभामा रहेका थिए भने कांग्रेसबाट एक जना रहेका थिए । नेकपाका तर्फबाट प्रदेश सभामा रहेका मुख्यमन्त्री सहित दुई जना सांसदले गोदावरीको पक्षमा मतदान गरेका थिए । कांग्रेसका सांसद भरत खड्का त्यसको विरुद्धमा रहेका थिए ।
प्रदेश सरकारले तोकेको स्थायी राजधानी क्षेत्र गोदावरीमा हालसम्म निर्माणको कुनै पनि काम अगाडी बढेको छैन । अस्थायी राजधानी तोकिएको धनगढीबाट प्रदेश सरकार संचालनमा छ । यता, साविकको क्षेत्रीय सदरमुकाम दिपायलमा रहेका भौतिक संरचनाहरु जिर्ण बन्दै गएका छन् ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...