२०७९ असार १७, शुक्रबार
July 1, 2022, Friday

दिसिनपा–२ का वडाध्यक्षको पहिलो निर्णय : एम्बुलेन्स खरिद र सहज स्वास्थ्य सेवा

दिपायल- दिपायल सिलगढी नगरपालिका वडा नं. २ का वडाध्यक्ष राजेन्द्र खड्काले सोमवार पदभार गृहण गरेका छन् । सोमबार नवनिर्वाचित मेयर, उपमेयरको उपस्थितिमा खड्काले पदभार गृहण गरेका हुन् ।

वडा कार्यालयमा आयोजित नव निर्वाचित जनप्रतिनिधिहरुको पदभार गृहण तथा निवर्तमानको बिदाइ कार्यक्रममा बोल्दै नव निर्वाचित वडाध्यक्ष राजेन्द्र खड्काले सहज स्वास्थ्य सेवालाई प्राथमिकता दिने निर्णय गरेका हुन् । २०७४ को निर्वाचनमा नेपाली कांग्रेसबाट निर्वाचित खड्का हाल स्वतन्त्र उमेदवारी दिदै विजयी भएका हुन् ।

खड्काले नगरपालिकासँगको समन्वयमा एम्बुलेन्स खरिद गरेर सुत्केरी महिलालाई नगरभित्र निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने र जिल्ला बाहिर लग्नु परेमा २० प्रतिसत सम्म छुट दिने व्यवस्था गर्ने निर्णय गरेका हुन् । जिल्ला सदरमुकाम रहेको दिपायल सिलगढी नगरपालिकाको विकट ठाउँ वडा नं. २ का बासिन्दालाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने पहिलो लक्ष रहेको बताए ।

दिपायल सिलगढी नगरपालिकाका नव निर्वाचित नगर प्रमुख विजय खड्काले वडा नं. २ मा स्वास्थ्य चौकी निर्माण देखि सडक मर्मत सम्भारमा जोड दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । नगर प्रमुख खड्काले पनि नगरभित्रका सुत्केरी महिलाहरुलाई नगरक्षेत्र भित्र निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने पहिलो निर्णय गरेका थिए ।

Related News

सुदूरपश्चिम सरकारको बजेट विवाद : लगातार तेस्रो पटक प्रदेशसभा बैठक स्थगित
सुदूरपश्चिम सरकारको बजेट विवाद : लगातार तेस्रो पटक प्रदेशसभा बैठक स्थगित
  • २०७९ जेष्ठ ९

कैलाली- सुदूरपश्चिम प्रदेशसभा बैठक लगातार तेस्रोपटक स्थगित गरिएको छ ।...

TOP