२०७९ असार १७, शुक्रबार
July 1, 2022, Friday

पद हस्तान्तरण पछि भाडाको जीपमा फर्किए शिखरका निवर्तमान मेयर, उपमेयर

दिपायल – शिखर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गर्नुभएको छ । बिहीबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गर्दै निवर्तमान जनप्रतिनिधिहरुले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गर्नु भएको हो ।

नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण तथा पदभार ग्रहण पछि निवर्तमान नगरप्रमुख सीताराम जोशी र उपमेयर धौली देवी रावल निजी भाडाको जीपमा फर्किनु भयो । कार्यक्रममा आफ्ना अधूरा योजना र क्रमागत योजनाहरू पुरागर्न अनुरोध गर्दै जोशी नवनिर्वाचित नगरप्रमुख दीर्घ बलायरलाई पद हस्तान्तरण गरेर फर्किनु भएको हो ।

जनमत र कांग्रेस प्रतिको जनताको विश्वासलाई कदापि ढल्न नदिने प्रतिबद्धता सहित जोशी नगरबाट बाहिरिनु भयो । जोशीले व्यक्ति परिवर्तन भए पनि पार्टी, सिद्धान्त, इमान्दारिता, सुशासन र जनमैत्री, जनमुखी शासन पद्धति उत्कृष्ट हुनेमा विश्वस्त हुन अनुरोध गर्नु भयो। नगर प्रमुख जोशीलाई सम्मान सहित विदाई गरिएको थियो ।

नगरबाट बाहिरिँदा जनताको माया र साथ बोकेर फर्किएकोले अझै जनताले अर्को ठाउँमा साथ दिने विश्वास व्यक्त गरे ।

उपमेयर धौली रावलले जना सेवा र नगरको विकासका लागि काम गर्ने गरेर फुर्सद मिलेको बताउँदै अझै जनसेवामा तल्लीन हुने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

Related News

सुदूरपश्चिम सरकारको बजेट विवाद : लगातार तेस्रो पटक प्रदेशसभा बैठक स्थगित
सुदूरपश्चिम सरकारको बजेट विवाद : लगातार तेस्रो पटक प्रदेशसभा बैठक स्थगित
  • २०७९ जेष्ठ ६

कैलाली- सुदूरपश्चिम प्रदेशसभा बैठक लगातार तेस्रोपटक स्थगित गरिएको छ ।...

TOP