२०७९ असार १७, शुक्रबार
July 1, 2022, Friday

शिखरका मेयरको निर्देशन : कर्मचारीलाई ड्रेस अनिवार्य, सूचनाको हकको कार्यान्वयनमा जोड


दिपायल – शिखर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख दीर्घ बलायरले सूचनाको हकको कार्यान्वयन गर्न निर्देशन दिनु भएको छ । पदभार ग्रहण पछि नगरपालिकाका कर्मचारीहरुसँग परिचय गर्दै जनताले सहज सूचना पाउने व्यवस्था मिलाउन र अनिवार्य पोशाक लगाउन निर्देशन गर्नु भएको हो ।


बलायरले नगरपालिकाका हरेक सार्वजनिक सूचनाहरू जनताले सहजै भेटाउने गरेर स्मार्ट एप सञ्चालनमा ल्याउन र नगरका हरेक वडाको डाटा वईबसाइटमा अनिवार्य राख्न अनुरोध गर्नु भयो । जनताको काम छिटो र छरितो गर्नका लागि ईमेल, इन्टरनेट र नयाँ प्रविधिको प्रयोग गर्न निर्देशन दिँदै उनले गुनासो सुन्ने देखि, निवेदन लिन दिनसक्ने व्यवस्था मिलाउन अनुरोध गर्नु भयो।

राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिहरु मिलेर नगरलाई समृद्ध बनाउन लाग्नु पर्नेमा जोड दिँदै मेयर बलायरले जनतालाई मुस्कान सहितको सेवा छिटो छरितो र भरपर्दो माध्यमबाट दिन अनुरोध गर्नु भयो ।

पदभार ग्रहण गर्दै नवनिर्वाचित उपप्रमुख सुनिता रावलले महिला मैत्री योजना, सुशासन, न्याय र सूचनामा जनताको सहज पहुँच र जनतालाई आवश्यक विकास निर्माणका कार्यमा जोड साइन बताउनु भयो ।

Related News

सुदूरपश्चिम सरकारको बजेट विवाद : लगातार तेस्रो पटक प्रदेशसभा बैठक स्थगित
सुदूरपश्चिम सरकारको बजेट विवाद : लगातार तेस्रो पटक प्रदेशसभा बैठक स्थगित
  • २०७९ जेष्ठ ६

कैलाली- सुदूरपश्चिम प्रदेशसभा बैठक लगातार तेस्रोपटक स्थगित गरिएको छ ।...

TOP