२०८१ बैशाख १४, शुक्रबार
April 26, 2024, Friday

शिखर नगरपालिकामा कांग्रेस भारी मतले विजयी

दिपायल – शिखर नगरपालिकामा नेपाली कांग्रेसले जीत हाँसिल गरेको छ । कांग्रेसले मेयर, उपमेयर सहित ७ वटा वडामा जीत हासिल गरेको हो ।

नगर प्रमुखमा नेपाली कांग्रेसका उमेदवार दीर्घ बलायर ६ हजार ५६२ मतले विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उमेदवार भीम बलायरले ४ हजार ५ ९१ मत प्राप्त गर्नु भयो । अर्का प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उमेदवार सागर भट्टले ३०२ मत प्राप्त गर्नु भयो भने राप्रपाका उमेदवार गिरी रोकाया ४२ मतमा सीमित रहनु भयो ।

नगर उप प्रमुखमा नेपाली कांग्रेसका उमेदवार सुनिता रावल (जोरा) ६ हजार ४२६ मत ल्याउँदै विजयी हुनुभयो । उहाँका प्रतिद्वन्द्वी एमाले उमेदवार लक्ष्मी देवी मल्लले ४ हजार ६४५ मत प्राप्त गर्नु भयो । अर्का प्रतिद्वन्द्वी नेकपा माओवादीका उमेदवार रमेश प्रसाद जोशीले ३६६ मत मात्रै प्राप्त गर्नु भयो ।

नगरका ११ वटा वडाहरु मध्य ७ वडामा कांग्रेस र ४ वडामा एमाले उमेदवार विजयी हुनुभएको छ । वडा नम्बर १ मा नेपाली कांग्रेसका दीपक बहादुर बोगटी, २ मा कांग्रेसकै गणेश बहादुर बोगटी र ३ मा कांग्रेस उमेदवार गणेश जाेरा विजयी हुनुभयो ।

त्यस्तै वडा नम्बर ४ मा एमाले उमेदवार टेक बहादुर मल्ल, ५ मा एमालेकै डमरु कार्की र ६ मा नेपाली कांग्रेसका उमेदवार दीर्घ सिंह विजयी हुनुभयो । वडा नम्बर ७ मा एमाले उमेदवार टेकराज भट्ट, ८ मा कांग्रेसका लाल बहादुर महरा, ९ मा एमालेका जगन्नाथ भट्ट विजयी हुनुभयो भने वडा नम्बर १० मा कांग्रेस उमेदवार मीन बहादुर बलायर र ११ मा कांग्रेसकै कर्ण बहादुर विष्ट विजयी हुनुभयो ।

Related News

एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
एमाले नेता रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश
  • २०७९ जेष्ठ ४

काठमाडौं- सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा एमाले नेता टोपबहादुर...

TOP