२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

सायलमा एमालेको सत्ता पल्टाउँदै कांग्रेस उमेदवार विजयी


दिपायल- डोटीको सायल गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका धर्मराज जोशी निर्वाचितहुनु भएको छ । एमालेका उम्मेदवार तेजबहादुर डुम्रेललाई पराजित गर्दै जोशी निर्वाचित हुनुभएको हो ।

जोशी र डुम्रेल दुबैजना २०७४ को स्थानीय तह निर्वाचनमा पनि प्रतिस्पर्धी हुन् । उतिबेला डुम्रेल निर्वाचित भएका थिए ।

यसपटक अध्यक्षमा जोशीले ३ हजार २४३ मत प्राप्त गरि जीत हासिल गर्दा डुम्रेलले २ हजार २४० मत प्राप्त गर्नुभयो । नेकपा एकीकृत समाजवादीसँगको तालमेलमा उठेका नेकपा माओवादी केन्द्रका उम्मेदवार डबलबहादुर साउँदले ५ सय ३२ मत प्राप्त गर्नुभयो ।

उपाध्यक्षमा पनि कांगे्रसकै निर्मला बोहरा ओली निर्वाचित हुनुभएको छ । उहाँले २ हजार ९३७ मत प्राप्त गर्दा एमालेकी विष्नादेवी सिंहले २ हजार १५४ मत प्राप्त गर्नुभयो । सिंह निवर्तमान उपाध्यक्ष पनि हुन् । यस्तै माओवादी केन्द्रसँगको तालमेलमा उठेका नेकपा एसका टिका सिंहले ६ सय २६ मत प्राप्त गर्नुभयो ।

६ वटा वडा रहेको यो पालिकामा ५ वटामा कांग्रेस जित्दा एकमा मात्रै एमाले जित्यो । अघिल्लो निर्वाचनमा एकमात्रै कांग्रेसले जितेको थियो भने, पाँचमा एमालले जितेको थियो ।

यसपटक वडा नम्बर १ मा एमालेका लालबहादुर रोकायाको प्यानल विजयी हुँदा बाँकी वडामा कांग्रेसको प्यानल विजयी भएको छ । जसमा वडा नम्बर २ मा मानबहादुर सिंह, वडा नम्बर ३ मा नवराज उपाध्याय, वडा नम्बर ४ मा जगतबहादुर सिंह, वडा नम्बर ५ मा बहादुर साउँद र वडा नम्बर ६ मा दीपकबहादुर साउँदको प्यानल विजयी भएको छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७९ जेष्ठ २

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP