२०८१ बैशाख ४, मंगलवार
April 16, 2024, Tuesday

जोरायल गाउँपालिकामा पुरानै अनुहार दोहोरीए

दिपायल- डोटीको जोरायल गाउँपालिकामा पुरानै जनप्रतिनिधि दोहोरीएका छन् । २०७४ मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझा र उपाध्यक्ष जमुना बोहरा पुनः निर्वाचित हुनुभएको हो ।

नेकपा ९एमाले०का उमेदवार ओझा ३७ मतको अन्तरले मात्रैे विजयी हुनुभएको हो । उपाध्यक्षमा एमालेकै उमेदवार बोहरा पनि थोरै मतान्तरले विजयी हुनुभएको छ ।

ओझा ३ हजार ४ सय ४९ मतसहित विजयी हुनुभएको हो भने उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेदवार दीपक बहादुर विष्टले ३ हजार ४ सय १२ मत प्राप्त गर्नुभयो । नेकपा ९एकीकृत समाजवादी०का तर्फबाट अध्यक्षका उमेदवार किरण मल्लले एक हजार ६ सय ५९ मत प्राप्त गरेका छन् । राष्ट्रिय जनमोर्चाबाट अध्यक्षका उमेदवार रघुनाथ वस्तीले २७ मत मात्रै प्राप्त गर्नु भयो ।
२०६४ को निर्वाचनमा पनि ओझा कांग्रेस उमेदवार विष्टसँगै निर्वाचन लडेका थिए ।

उपाध्यक्षमा बोहरा ३ हजार ५ सय ९९ मत ल्याएर विजयी हुनुभयो भने उहाँका निकटम प्रतिद्वन्द्वी चन्द्रा साउँद बोहराले ३ हजार ५ सय १७ मत प्राप्त गर्नुभयो । नेकपा ९माओवादी केद्र० का तर्फबाट उपाध्यक्षका उमेदवार प्रेमा कुमारी ओलीले एक हजार ३ सय १७ मत प्राप्त गर्नुभएको छ ।

६ वटा वडा रहेको जोरायल गाउँपालिकामा दुई वडा कांग्रेसले जिेतेको छ भने अन्य ४ वडामा एमाले विजयी भएको छ । वडा नं। १ मा एमालेका जगत बहादुर मल्ल, वडा नं। २ मा एमालेकै वीर बहादुर दर्लामी र वडा नं। ३ मा कांग्रेसका नविन ओझा विजयी हुनुभएको हो । त्यस्तै, वडा नं। ४ मा एमालेका नन्दराज भट्ट, वडा नं। ५ मा कांग्रेसका ध्वज बहादुर देउवा र वडा नं। ६ मा एमालेका गणेश बहादुर बोहरा विजयी हुनुभएको छ ।

Related News

सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
सुदूरपश्चिमकाे मुख्यमन्त्रीका लागि समाजवादीका सोडारीलाई अघि सार्ने निर्णय
  • २०७९ जेष्ठ २

दिपायल – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नेकपा एकीकृत समाजवादीले दीर्घ...

TOP