डोटी – नेपाली कांग्रेस डोटीका सचिव एवं आदर्श गाउँपालिकाका अध्यक्ष पदका उमेदवार गणेश खड्काले आदर्श जनताले गाउँपालिकाको जिम्मेवारी कांग्रेसलाई दिने प्रतिबद्धता गरेको बताएका छन् । घरदैलो कार्यक्रमका क्रममा कम्युनिष्टको हातमा गाउँपालिका दिएर कुनै उपलब्धी नभएको भन्दै जनताले आफ्नो टिमलाई बहुमतले विजय गराउने र जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गरेको उनले बताए ।
पहिले कम्यूनिष्टहरुले निजी वनाएका आर्दश गाउँपालिकालाई मेरो टिम निर्वाचित भएर आए पछि नाम जस्तै पालिका पनि बनाउने प्रतिबद्धता गरेका छौ । २०७४ सालको स्थानिय तहको निर्वाचनमा आर्दश गाउँपालिकामा नेकपा एमालेको सरकार हुँदा गाउँपालिकाको करडौं पैसा घोटाला गरेको आरोप लागएका छन ।”
खड्काले घर दैलो अभियानको क्रममा तपाईहरुले मलाई मायाले दिएको मतको कदर गर्ने छु । आफु पालिकामा निर्वाचित भए मेरा पालिका बासीहरुको शिर झुकन दिने छैन,पालिका बासीको समस्या भन्नु नै मेरो समस्या भएकाले समस्याको समधान जनताहरुसंग छलफल गरी समस्याको सामाधान खोज्ने छु । तपाईहरुलाई पुर्ण विस्वास दिने छु कि गाउँमा अब सिंहदरवार आएको छ भन्ने कुरामा आभास दिने दिलाउने छु । आफु पालिकामा अध्यक्ष भएर आए पछि आफु पनि भ्रष्टाचार गर्दिन अरु जनप्रतिनिधहरुलाई पनि भ्रष्टाचार गर्न दिने छैन ।
अध्यक्ष पदका उम्मेदवार खड्का नेपाल बिद्यार्थी संघ डोटीका पुर्व जिल्ला सभापति तथा नेपाली कांग्रेसका जिल्ला कार्य समिति सचिब पनि हुन ।
यस्तै गाउँपालिकामा उपाध्यक्ष पदकी उम्मेदवार लक्ष्मी रोकायाले महिलाहरुको हक हितका लागी आफु कटिबद्ध भएर लाग्ने बताएकी छिन,उनले भनिन्, “ आफु निर्वाचित भएर गाउँपालिकामा आईसके पछि महिलाहरुले पाउने सेवा सुविधाहरुलाई प्राथमिकतामा राखेर अगाडी बढ्ने छु ।”
दिपायल, वैशाख १७ गते । डोटीमा इभि हाइस दुर्घटना हुँदा...