२०८२ जेष्ठ ३०, शुक्रबार
June 13, 2025, Friday

कम्युनिष्टको लुट खोतल्न कांग्रेस जित्नु पर्छ : सभापति बलायर

डोटी- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीर बहादुर बलायरले कम्युनिष्टले नेतृत्व गरेको सरकारले देश लुटेको आरोप लगाएका छन् । नेपाली कांग्रेस डोटीले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत बडीकेदारमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले वडा देखि केन्द्र सम्म कम्युनिष्टले लुटेको बताएका हुन् ।

आलीका टुक्का र कम्युनिष्टहरुको लुटका कारण देश संकटमा परेको बताउँदै सभापति बलायरले कम्युनिष्टहरुले राज्यको ढुकुटी रित्याएको बताए । ‘ओलीका टुक्काले देश संकटमा प¥यो, राज्यको ढुकुटी सकियो उनले भने,‘कम्युनिष्टले कांग्रेसले जम्मा गरेको ढुकुटी लुकाए, लुटेर खाए र कार्यकर्ता पाले आज उनका नेता कार्यकर्ता विलासी जीवन विताइ रहेका छन् ।’

कम्युनिष्ट नेतृत्वको तीनै तहको सरकारले गरेको लुट, भ्रष्टाचारको पर्दाफास गर्नका लागि भए पनि कांग्रेसले चुनाव जित्नु पर्ने उनको भनाई छ । ‘कम्युनिष्ट नेतृत्वमा भएका पालिकामा खातापाता, हिसाव किताव देखाइएको छैन,‘उनले भने,‘लेखा परीक्षण गरिएको छैन ।, ती खातापातहरु खोतल्नका लागि पनि कांग्रेसले जित्नु पर्दछ ।’

सभापति बलायरले कम्युनिष्ट पार्टीहरुलाई दोकारदार (व्यापारी)को संज्ञा दिदै राष्ट्रको, जनताको सम्पतीको व्यापार गरेको आरोप लगाए । उनले भने,‘ती कम्युनिष्टहरु पार्टी होइनन् दोकानदार (व्यापारी) हुन् । यि दोकानदारहरुले जनताको करबाट आएको पंैसा लुट गरेर कार्यकर्तालाई बाँडेका छन् । त्यसैले पनि त्यसको लेखाजोखा गर्नका लागि वडा देखि केन्द्र सम्म एकचोटी कांग्रेसको सरकारको आवस्यकता छ । त्यो सरकार निर्माण गर्नका लागि पनि जनताहरुको आवस्यकता छ ।’

कांग्रेसले जितेका पालिकामा भ्रष्टाचार भएको कसैले प्रमाणित गरे आफुहरु राजनीति त्याग्न तयार रहेको बलायरले बताए । हामीले कमाउनका लागि, विलासिताका लागि राजनीति गरेका हैनौं । राजनीतिमा हाम्रो जेल नेल, त्याग तपस्या छ, उनले भने,‘हामीले जीवन भर जनताको आवाज उठाएका छौं । कम्युनिष्टका कुन नेताले देशका लागि, जनताका लागि बोलेको छ ? उनले प्रश्न गरे ।’

कांग्रेसले जनमतको कदर गर्दै जनताले दिएको मत परिणाम सहर्ष स्वीकार गर्ने बताउँदै उनले हारे पनि जिते पनि कांग्रेस जनताको घरघरमा आउन नछोड्ने बताए । हामी हारे पनि जिते पनि जनताको घरआँगनमा आउन छाडेका छैनौं उनले थपे,‘जनताको सुख, दुःख पीडामा समन्वय सहकार्य सहयोग गरिरहन्छौं ।’

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७८ फाल्गुन ३०

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP