२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

सुदूरपश्चिममा कांग्रेसलाई पनि मन्त्रालय दिने सहमति भएको छ : प्रचण्ड

कैलाली– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सरकारमा कांग्रेसलाई पनि मन्त्रालय दिने सहमति भएको दावी गरेका छन् ।

सोमबार धनगढी पुगेका उनले प्रधानमन्त्री शेरबहादुर देउवाले सुदुरपश्चिम प्रदेशमा कांग्रेसको भाग मागेको र सो विषयमा माधब नेपाल संग पनि छलफल गरी केही मन्त्रालय दिने सहमति भएको बताए ।

‘सुदूरपश्चिममा नेपाली कांग्रेसको प्रतिनिधित्व छैन भनेर कुरा उठेको थियो,’ प्रचण्डले भने, ‘प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र म बीचको भएको छलफलमा नेपाली कांग्रेसलाई सहभागी गराउने कुरा उठ्यो, तर सरकारमा मन्त्रालय थप गर्न नसकिने भएकोले सबैभन्दा बढी मन्त्री भएको एकीकृत समाजवादीले नै त्याग गर्नुपर्यो भनेर अनुरोध गरिएको छ ।’

उनले एकिकृत समाजबादी पार्टी मन्त्रालय छोड्न तयार हुनुपर्ने बताए । ‘त्यस विषयमा माधव नेपालजी संग पनि छलफल भएको छ,’ उनले भने, ‘उहाँ पनि सकारात्मक हुनुहुन्छ ।’ ११ सदस्यिय मन्त्रीपरिषद रहेको सुदूरपश्चिममा ४ मन्त्री र ३ राज्यमन्त्री गरी ७ जना एकिकृत समाजबादी पार्टीका मन्त्री छन् । माओबादी केन्द्रबाट तीन मन्त्री र एक राज्य मन्त्री गरी ४ जना मन्त्री छन् ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०७८ फाल्गुन ३०

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP