२०८१ माघ १, मंगलवार
January 14, 2025, Tuesday

एमसिसी परियोजना राष्ट्र हितमा छ : सांसद खड्का

डोटी- सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेसका नेता भरत बहादुर खड्काले एमसिसी राष्ट्रिय हितमा रहेको बताएका छन् । नेपाली कांग्रेसले डोटीले ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियान अन्तरगत जोरायलमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले एमसिसी राष्ट्रिय हितमा रहेको बताएका हुन् ।

नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे भ्रामक प्रचार गरिएको बताउँदै सांसद खड्काले एमसिसी परियोजना विशुद्ध अनुदान रहेको सांसद खड्काले बताए । एमसिसी लागु भएपछि मुलुमा विकासका परियोजनाहरु अघि बढ्ने बताउँदै उनले झुटा, भ्रामक प्रचारबाजिको विश्वास नगर्न अनुरोध गरे ।

एमसिसी परियोजना लोकतान्त्रिक व्यवस्था भएका मुलुकहरुमा मात्रै लागु हुने गरेको बताउँदै सांसद खड्काले कम्युनिष्टको शासन भएको देशमा अमेरीकाले त्यस्ता अनुदान तथा साहयतामा रोक लगाउँदै आएको बताए । ‘अमेरीकाले लोकतन्त्र नभएको देशमा अनुदान दिदैन,‘उनले भने,‘ निरङ्कुस सत्तालाई मजबुत बनाउन अमेरीकाले अनुदान दिदैन ।,‘लोकतन्त्रिक कानुनी राज्य, मानवअधिकार, नागरिक स्वतन्त्रता, विधिको शासन भएको देशमा मात्रै अनुदान दिन्छ, त्यही अनुरुप नेपालले विशुद्ध अनुदानका रुपमा एमसिसी परियोजना पाएको हो ।’

कम्युनिष्टहरुले अमेरीकी सेना नेपाल आउने, आफ्नो कानुन लागु गर्ने गलत प्रचार गरेर जनतालाई भ्रममा पारेको उनजको भनाई छ । नेपाली कांग्रेसल सधैे राष्ट्रिय हितमा रहेर काम गर्दै आएको बताउँदै उनले एमसिसीका विषयमा पनि राष्ट्रिय हित देखेर निर्णय गरेको उनले बताए । ‘राष्ट्रिय हितका पक्षमा निर्णय गर्दा कांग्रेसलाई चुनावमा असर पर्ने भ्रम पनि फैलाइएको छ उनले भने,‘कांग्रेस चुनावमा हार्ने जित्ने कुरा ठुलो होइन, राष्ट्रिय हित महतवको विषय हो , राष्ट्र हितमा निर्णय भएको छ ।’

कांग्रेसले जनताका मुहारमा खुसी देख्न एमसिसी परियोजना अघि सारेको सांसद खड्काले बताए । एमसिसी लागु भएपछि नेपालको गरिबी निवारण हुने विश्वास व्यक्त गर्दै उनले भने,‘अमेरीकाको यो अनुदानले अन्तरदेशीय विद्युतीय प्रशारण लाइन, सडक सञ्जाल लगायतका पूर्वाधारहरु पाँच वर्ष भित्र निर्माण हुने छन् ।’

Related News

पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
  • २०७८ फाल्गुन २९

दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...

TOP