डोटी – स्थानीय तहको निर्वाचन नजिकिएसँगै नेपाली कांग्रेस डोटी गाउँ केन्द्रित बनेको छ । कांग्रेसले जिल्लाका सबै स्थानीय तहमा वडा स्तरीय भेला गर्दै आएको छ ।
वडाहरूमा प्रतिनिधि तोकेर भेला गर्न सुरु गरेसँगै पार्टी प्रवेश गर्नेहरूको लहर चलेको कांग्रेसले जनाएको छ । यसै क्रममा शिखर नगरपालिका वडा नं. -६ मा भएको भेलाबाट ३० जना पार्टी प्रवेश गरेका छन् ।
वडा सभापति कर्ण बहादुर मल्लको सभापतित्व एवं युवा नेता दीर्घ बलयरको प्रमुख आथित्यतामा सम्पन्न भेलामा नेकपा एमाले लगाएतका पार्टी परित्याग गरी स्थानीय नेताहरु कांग्रेस प्रवेश गरेका हुन् ।
शिखर लगायत जिल्लाभरी नै कांग्रेस प्रवेश गर्नको लहर बढेको नेता बलायरले बताए । उनले प्रवेश प्रवेशको लहर हेर्दा जिल्लाका सबै स्थानीय तहमा कांग्रेस विजय हुने दाबी गरे । शिखर नगरपालिकामा विगतको भन्दा बढी मत सहित स्थानीय सरकारको नेतृत्व गर्ने बलायरले बताए ।
दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...