डोटी- संसदबाट एमसीसी पारित गरेको विरोधमा ६ कम्युनिष्ट पार्टीले डोटीमा पनि विरोधका कार्यक्रम गरेको छ । विरोध स्वरुप गरिएको बन्दाका कारण जिल्लामा शैक्षिक संस्था, कार्यालय, व्यापार व्यवसाय र लामो दुरीका यातायातका साधन ठप्प पारिएको थियो ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायलमा ६ कम्युनिष्ट पार्टीले विरोध सभा आयोजना गर्नुका साथै साविकको क्षेत्रीय सदरमुकाम राजपुरमा टायर बालेर विरोध जनाएका थिए । जिल्लामा बन्दको आंशिक प्रभाव परेको थियो ।
सोमबार विप्लव नेतृत्वको नेकपा, मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा लगायतले देशैभर विरोधका कार्यक्रम गरेका हुन् ।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...