२०७९ चैत्र १०, शुक्रबार
March 24, 2023, Friday

राप्रपाका नेता विश्वेश्वर सुवेदीको निधन

काठमाडौँ – राप्रपाका पूर्व मुख्य सचिव, सह कोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको ६५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त उनको अमेरिकाको डालासमा आइतबार निधन भएको हो ।

तत्कालीन राप्रपा नेपालमा मुख्य सचिवको भुमिका निर्वाह गरेका सुवेदी राप्रपाको पूर्व सह कोषाध्यक्ष समेत थिए । लामो समय निजामती सेवामा रहेका सुवेदी सेवा निवृत्त भएपछि राप्रपामा क्रियाशील थिए ।

निजामती सेवामा रहँदा सुवेदीले लामो समय स्थानीय विकास मन्त्रालय र राप्रपा अध्यक्ष कमल थापा विभिन्न समयमा सरकारमा रहँदा उनको नीजि सचिवालयमा रहेर काम गरेका थिए ।

सुवेदीको निधनमा राप्रपा अध्यक्ष थापाले आफ्नो जीवनको आरोह अवरोहको अभिन्न सहकर्मी गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनका एक श्रीमती र दुई छोरा छन् ।

हार्दिक श्रदाञ्जली

Related News

नयाँ आईजीपी नियुक्तिको लागि मन्त्रिपरिषद् बैठक बस्दै
नयाँ आईजीपी नियुक्तिको लागि मन्त्रिपरिषद् बैठक बस्दै
  • २०७६ चैत्र २३

काठमाडौं – मन्त्रिपरिषद्को बैठक आज बस्दै छ। नियमित तालिका अनुसार...

TOP