२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

काँग्रेस महाधिवेशन : यस्तो छ टीम देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी दर्ता गरेका छन ।

सभापति देउवाले महाधिवेशनस्थल पुुगेर प्यानलसहितको उम्मेदवारी दर्ता गरेका हुन ।

देउवा प्यानलबाट उपसभापतिमा विजय गच्छदारले उम्मेदवारी दिएका छन। महामन्त्री पूर्णबहादुर खड्काले पनि उपसभापतिको उम्मेदवारी दर्ता गरेका छन ।

महामन्त्रीमा सह-महामन्त्री डा.प्रकाशशरण महत र कृष्णप्रसाद सिटौलानिकट प्रदीप पौडेल पनि देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार बनेका छन ।

सहमहामन्त्रीमा जनजातिबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महेन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुर उम्मेदवार छन। यस्तै पिछडिएको क्षेत्रबाट जीवनबहादुर शाही र महिलाबाट डिना उपाध्याय सहमहामन्त्रीको उम्मेदवार टुङ्गो लागेको एक नेताले जानकारी दिए ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०७८ मंसिर २५

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP