२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

कांग्रेस भएकोमा गर्व गर्ने वातावरण बनाउँछौं :- सभापति बलायर

कैलाली – सुदूरपश्चिम प्रदेशका नवनिर्वाचित अध्यक्ष वीरबहादुर बलायरले कांग्रेस इमान्दारिताका साथ अगाडि बढ्ने बताएका छन् ।निर्वाचन समितिद्वारा सपथ ग्रहण कार्यक्रममा बोल्दै ‘कार्यकर्ताको घर दैलोमा गएर दुःख सुख साँट्दै कांग्रेसी भएकोमा गर्व गर्ने वातावरण बनाउन हामी लाग्छौँ ।’ कुनै पनि कांग्रेसको कार्यकर्ताले अब कांग्रेस भएको नाममा अपहेलित हुन नदिने कुराको ग्यारेन्टी सुनिश्चित गर्ने उनले बताए ।

‘कांग्रेस भएकै कारण कसैले अब कोही अपहेलित हुँदैन,’ उनले भने,‘त्यसैले पार्टीका लागि निर्धक्क भएर अगाडि बढ्नुस् ।’ प्रदेशको अधिवेशन सकिएको बताउँदै २४ गतेबाट हुने केन्द्रीय अधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई विजयी गराउन उनले कार्यकर्तालाई अपिल पनि गरे ।

नेपाली कांग्रेसको प्रथम सुदूरपश्चिम प्रदेश निर्वाचनमा निर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन् । नवनिर्वाचितहरुलाई निर्वाचन अधिकृत वीरबहादुर जेठाराले सपथ ग्रहण गराएका हुन् । कांग्रेसको पहिलो सुदूरपश्चिम प्रदेश समितिका ५९ जनाले सामूहिकरुपमा सपथ लिएका हुन् ।सपथ ग्रहणपछि प्रदेश समितिको पहिलो बैठक नेपाली कांग्रेसको कैलाली जिल्ला पार्टी कार्यालयमा बसेको छ ।

Related News

धनगढीमा फोहोर माथीको कर हटाउन एमालेको माग
धनगढीमा फोहोर माथीको कर हटाउन एमालेको माग
  • २०७८ मंसिर २०

धनगढी- धनगढी उपमहानगरपालिकाले फोहोर सकंलनका नाममा लिदै आएको कर हटाउन...

TOP