२०८३ श्रावण २८, बिहीबार
August 13, 2026, Thursday

कांग्रेस महामन्त्रीमा एनपी साउदकाे उम्मेदवारी

कैलाली – कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका छन् । कञ्चनपुर क्षेत्र नं. २ का पूर्वसांसद तथा कांग्रेस केन्द्रीय सदस्य साउदले कांग्रेसको १४औं महाधिवेशनमा उम्मेदवारी दिने तयारी गरेका हुन् ।

यद्यपि उनले आधिकारिक घोषणा नगरेपनि उनको सचिवालयले भने महामन्त्रीका उम्मेदवार लेखिएको पोस्टर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको छ ।

साउद कांग्रेसका प्रभावशाली नेता मानिने मध्येका एक हुन् । उनी पार्टी सभापति शेरबहादुर देउवा (संस्थापन) पक्षका नेता हुन् । उनको सचिवालयले चुनावका लागि काठमाडौं अनामनगरमा सम्पर्क कार्यालयसमेत खोलिसकेको छ ।

Related News

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्
  • २०७८ मंसिर २०

डोटीको शैंयाँ आधारभूत अस्पतालमा स्वास्थ्यकर्मी नपाउँदा सुत्केरीले बाटोमै बच्चा जन्माइन्...

TOP