२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

माओवादीको राष्ट्रिय सम्मेलनका प्रतिनिधि छान्ने जिम्मा प्रचण्डलाई

काठमाडौं- नेकपा माओवादी केन्द्रको पुस ११ गते काठमाडौंमा हुन गइरहेको राष्ट्रिय सम्मेलनको प्रतिनिधि छान्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिइएको छ ।

शुक्रबार बिहान पनि कोटेश्वरस्थित केन्द्रीय कार्यालय पेरिस डाँडामा बसेको स्थायी कमिटी बैठकले प्रतिनिधि छान्ने जिम्मा उनलाई दिइएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले बततएका छन

राष्ट्रिय सम्मेलनका लागि हिजोको स्थायी कमिटी बैठकमा छलफल भएका केन्द्रीय प्रतिनधिसहित थप प्रतिनिधिहरुलाई पनि प्रस्तावको रुपमा अगाडि बढाइने गरी पार्टी उहाँलाई जिम्मेवारी दिइएको उनको भनाइ छ । राष्ट्रिय सम्मेलनका लागि देव गुरुङ, पम्फा भुषाल, लीलामणि पोखरेल, जनार्दन शर्मा र मातृका यादवसहितको पाँच सदस्यीय विधान परिमार्जन उपसिमिति गठन भएको महराले बताए।

यसैगरी, हितमान शाक्यको नेतृत्वमा राष्ट्रिय सम्मेलन व्यवस्थापन उपसमिति र कृष्णबहादुर महराको नेतृत्वमा प्रचारप्रसार उपसमिति गठन भएको उनले बताएका छन। माओवादी केन्द्रको स्थायी कमिटी बैठकले लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गर्ने विषयलाई अनुमोदन गरेको पनि उनले बताए। माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन तोकिएको मिति अनुरुप काठमाडौंको प्रज्ञा भवनमा समुद्घाटन हुने जनाइएको छ ।

Related News

टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन, तर नेपालको नेपालको कानुन र सामाजिक मान्यता मान्नुपर्छ: मन्त्री शर्मा
टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन, तर नेपालको नेपालको कानुन र सामाजिक मान्यता मान्नुपर्छ: मन्त्री शर्मा
  • २०७८ मंसिर १७

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई...

TOP