२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

सुदूरपश्चिम कांग्रेस सभापतिमा शाहीको उम्मेदवारी घोषणा

डोटी- नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशको सभापतिमा युवा नेता पुष्पकुमार शाहीले उम्मेदवारी घोषणा गरेका छन् । शनिबार दिपायलमा आयोजित पत्रकार सम्मेलन मार्फत नेता शाहीले उम्मेदवारी घोषणा गरेका हुन् ।

नेपाल विद्यार्थी संघका पूर्व उपाध्यक्षसमेत रहेका शाही गृह जिल्ला डोटीबाट अत्याधिक मतका साथ महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् । महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएसँगै उनले नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुदूरपश्चिम प्रदेशमा हुने पहिलो अधिवेशनमा सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन् ।

सुदृढ र सशक्त कांग्रेस बनाउने उदेश्यका साथ आफ्नो उम्मेदवारी रहेको शाहले बताए ।’अब पार्टीमा युवा जोसको पनि खाँचो छ । लामो समय विद्यार्थी राजनीतिमा रहेर काम गरिसकेकाले अब पार्टीको मूल नेतृत्वमा आएरै जनताको सेवा गर्नुपर्छ भन्ने भावनाले मैले उम्मेदवारी घोषणा गरेको हुँ ।’

कांग्रेसको प्रदेश महाधिवेशन मंसिर १६ देखि १७ गतेसम्म कैलालीमा हुने भएको छ ।

Related News

तलब नबढेको विरोधमा संसद् सचिवालयको चौरमा प्रदर्शन
तलब नबढेको विरोधमा संसद् सचिवालयको चौरमा प्रदर्शन
  • २०७८ मंसिर ११

सिंहदरबारस्थित संघीय संसद सचिवालयका कर्मचारीहरुले विरोध प्रदर्शनमा उत्रिएका छन् ।...

TOP