२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

डोटी कांग्रेसको सभापतिमा सिंह

डोटी – नेपाली कांग्रेस डोटीको सभापतिमा नरेन्द्र बहादुर सिंह विजयी भएका छन् । कांग्रेसको१४औं महाधिवेशन अन्तर्गत डोटीमा भएको निर्वाचनबाट सिंह विजयी भएका हुन् ।

बुधबार सेती सभाहल राजपुरमा भएको मतदानबाट सिंह निर्बाचित भएका हुन् । देउवा प्यानलबाट निर्वाचन लडेका सिहंले ५६८ मत प्राप्त गरी विजयी भएका हुन्। उनका प्रतिद्वन्दी भूमिराज बडुले ३९७ मत प्राप्त गरे ।

जिल्ला कार्यसमितिका पदाधिकारी र महाधिवेशन प्रतिनिधिको मतगणना आजै राति नै हुने निर्वाचन कमिटीले जनाएको छ ।
सभापतिका लागि पहिलो चरणमा पाँच जना उमेदवारका बीच प्रतिस्पर्धा भएको थियो । पहिलो चरणमा नरेन्द्र बहादुर सिंहले ३५८, भूमीराज बडुले ३४२, प्रदिप देउवाले २१४, नर बहादुर ढाँटले ९१, टेकराज ओझोले ३४ मत प्राप्त गरेका थिए । ५ प्रतिस्पर्धी मध्य जसले ५१ प्रतिशत मत ल्याउँछ उसको जित हुने बिधानमा उल्लेखित छ । पहिलो चरणमा ५१ प्रतिशत मतपरिणाम नपुगेकोले पुनः दोश्रो चरणमा मतदान भएको थियो।

१ हजार १ सय ७ जना मतदाता रहेको डोटीमा पहिलो चरणको मतदानमा जम्मा १ हजार ८७ मत खसेको थियो। जसमा ४८ मत बदर भएका थिए ।
दोश्रो चरणको मतदानमा ९ सय ८७ मत खसेको थियो भने २२ मत बदर भएको निर्वाचन कमिटीले जनाएको छ ।

Related News

टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन, तर नेपालको नेपालको कानुन र सामाजिक मान्यता मान्नुपर्छ: मन्त्री शर्मा
टिकटक लगायत कुनैपनि सामाजिक सञ्जालसँग हाम्रो आपत्ति छैन, तर नेपालको नेपालको कानुन र सामाजिक मान्यता मान्नुपर्छ: मन्त्री शर्मा
  • २०७८ मंसिर ८

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाली कानुनअनुसार समाजलाई...

TOP