२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

कांग्रेस महाधिवेशन : डोटीमा मतगणना सुरु

डोटी – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत डोटी जिल्लामा भएको निर्वाचनकाे मतगणना सुरु भएको छ । जिल्ला कार्यसमिति र संघीय महाधिवेशन प्रतिनिधिका लागि भएको मतदानको मतगणना सुरु गरिएको हो ।

जिल्ला सभापतिका उमेदवारको मतगणना सुरु गरिएको निर्वाचन कमिटीले जनाएको छ । जिल्ला कार्यसमितिका पदाधिकारी र महाधिवेशन प्रतिनिधिको मतगणना सभापतिको गणना सकिए पछि गरिने छ।

सभापतिका लागि नरेन्द्र बहादुर सिंह र भूमिराज बडुका बीच दोश्रो चरणमा मतदान भएको हो । पहिलो चरणमा पाँच जना उमेदवारका बीच प्रतिस्पर्धा भएको थियो ।

पहिलो चरणमा नरेन्द्र बहादुर सिंहले ३५८, भूमीराज बडुले ३४२, प्रदिप देउवाले २१४, नर बहादुर ढाँटले ९१, टेकराज ओझोले ३४ मत प्राप्त गरेका थिए । ५ प्रतिस्पर्धी मध्य जसले ५१ प्रतिशत मत ल्याउँछ उसको जित हुने बिधानमा उल्लेखित छ । यो मत परीणाममा कसैको पनि ५१ प्रतिशत नपुगेकोले पुनः मतदान भएको हो ।

१ हजार १ सय ७ जना मतदाता रहेको डोटीमा पहिलो चरणको मतदानमा जम्मा १ हजार ८७ मत खसेको थियो। जसमा ४८ मत बदर भएका थिए।
दोश्रो चरणको मतदानमा ९ सय ८७ मत खसेको निर्वाचन कमिटीले जनाएको छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७८ मंसिर ८

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP