२०८२ जेष्ठ २, बिहीबार
May 15, 2025, Thursday

उपसभापतिमा बम र मल्ल निर्विरोध

डोटी- नेपाली कांग्रेस डोटी प्रदेश सभा ख (क्षेत्रीय) कार्यसमितिको उपसभापतिमा बोगटान फुडसिल गाउँपालिकाका शेर बहादुर बम र किरण मल्ल निर्विरोध निर्वाचीत भएका छन् । शनिवार प्रदेश सभा समितिका लागि डोटीका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता परेको थियो ।

उपसभापतिका लागि २ पदमा बम र मल्लको मात्र उम्मेदवारी परेको निर्वाचन समिति सदस्य घनश्याम भट्टले जानकारी दिए । त्यस्तै प्रदेश प्रतिनिधीमा भक्त बहादुर थापा पनि निर्विरोध निर्वाचीत भएका छन् । उनी आदिवासी जनजाती क्लष्टरमा निर्विरोध भएका हुन् । अन्य पदमा भने कोटा भन्दा बढी उम्मेदवारी परेपछि मतदान प्रकृयामा जाने भएको छ ।

Related News

शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
शिखर- ३ मा दुई तले प्रसूति गृहको शिलान्यास 
  • २०७८ मंसिर ५

दिपायल – शिखर नगरपालिका – ३ पल्लेगडामा प्रसूति गृह निर्माण...

TOP