डोटी- नेपाली कांग्रेसको कार्यकर्ता हुँ भन्दा सबै कांग्रेस कार्यकर्ताहरुले गर्व गर्नुपर्ने नेपाली कांग्रेसका नेता एबं सुदूरपश्चिम प्रदेश सभा सदस्य भरतबहादुर खड्काले बताएका छन् । नेपाल प्रेस युनियन डोटीले बिहिबार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘नेपाली कांग्रेसको विचार नेपाली माटोको उपज हो । जहाँ माओ, लेनिन, माक्र्सवादजस्तो विदेशीले प्रतिवाद गरेका होईनन्,’ उनले भने,‘नेपाली माटोका सपुत विपी, गणेशमान, सुवर्ण, किसुनजीजस्ताको विचारले भरिएको पार्टी हो ।’ त्यसैले नेपाली कांग्रेस र विचार कहिल्यै नमर्ने उनले बताए । ‘हो ढंग नपुगेर कहिल्यै चुनावमा हार होला । तर विचार कहिल्यै मर्दैन । जहिल्यै जीवन्त हुन्छ,’ उनले भने ।
आशन्न महाधिबेशनलाई एकता र सद्भावको महाधिवेशन बनाउन पनि उनले सबैमा आग्रह गरे । उनले भने,‘एकतामा जोड दिनुपर्छ । सकभर सहमती नभएर स्वस्थ प्रतिस्पर्धाबाट यसलाई सम्पन्न गर्नुपर्छ ।’
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...