डोटी- नेपाली कांग्रेसका आमन्त्रीत केन्द्रीय सदस्य आनन्द बिष्टले नेपाली कांग्रेसका केन्द्रीय नेताहरुले डोटी कांग्रेसबाट संस्कार सिक्नुपर्ने बताएका छन् । कांग्रेसको १३ औँ महाधिवेशन अन्तर्गत डोटी जिल्लाका सभापति पदका दुई प्रत्यासीहरु सभापति प्रदीप कुमार देउवा र प्रत्यासी रामप्रसाद उपाध्यायले देखाएको संस्कारको उदाहरण दिदै उनले यस्तो बताएका हुन् ।
नेपाल प्रेस युनियन डोटीले बिहिबार दिपायलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने,‘प्रतिस्पर्धामा उत्रिएपछि जित्नेले शासन गर्ने हो । हार्नेले जित्नेलाई पछाडी बसेर सघाउने हो । जुन प्रदीपजी र रामप्रसादजीले बिगतमा देखाउनुभएको छ ।’
केन्द्रमा भने यसो हुन नसक्दा पार्टीलाई क्षती पुगेको उनले बताए । ‘पार्टी केन्द्रले डोटीबाट यो संस्कार सिक्नुपर्छ,’ उनले भने,‘हार्नेले हारेकै दिनदेखी सभापतिका खुट्टा तान्न शुरु गर्ने । असफल बनाउन खोज्ने प्रबृत्तीले पार्टीलाई क्षती पुगेको छ ।’
स्कटल्यान्डको ग्लास्गोमा सम्पन्न जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी) को २६ औं सम्मेलन (कोप–२६) मा सहभागी भएर प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको प्रस्तुतीले नेपालको शीर उच्च भएको नेता बिष्टले बताए । उनले भने,‘त्यो भ्रमणमा नेपाली प्रधानमन्त्रीले प्रस्तुत गरेका एजेण्डा तथा प्रस्ताबहरु, शिष्टाचार भेट तथा सम्बादहरुले नेपालको शीर चुलिएको छ ।’
नेपालमा बढेको कम्युनिष्ट जनमतले बिश्वजगतलाई चिन्तीत बनाएको उनले बताए । ‘जनतालाई भ्रममा पारेर विश्वभर पतन भएका कम्युनिष्टले नेपालमा जनमत बटुल्दा विश्वजगत चिन्तित छ । जनतालाई त्यो भ्रमबाट मुक्त पार्नुपर्ने दायित्व कांग्रेसको काँधमा छ,’ उनले भने ।
धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...