२०८१ जेष्ठ ३१, बिहीबार
June 13, 2024, Thursday

कांग्रेस कैलालीको पालिका अधिवेशन सम्पन्न

धनगढी- नेपाली कांग्रेसको अधिवेसन अन्तरगत कैलालीका १३ वटै पालिकामा सभापति चयन सम्पन्न भएको छ ।

मंगलबार देखि सुरु भएको अधिवेसनले ४ पालिकामा निर्बिरोध सभापति चयन गरिएको छ भने १० पालिकामा निर्वाचन पद्धतिबाट सभापति चयन गरिएको नेपाली कांग्रेस कैलालीका महाँधिवेसन प्रचारप्रसार समिति संयोजक नृप सुनारले बताए ।

उनका अनुसार धनगढी उपमनगरपालिका, जोशीपुर गाउँपालिका, कैलालरी गाउापालिका र जानकी गाउँपालिकामा निर्विरोध सभापति चयन भचएका छन् । पालिका अधिवेसनबाट धनगढी उपमहानगरपालिका सभापतिमा यज्ञराज उपाध्याय, गौरीगंगा नगरपलिकामा पहलबिक्रम चन्द, लम्कीचुहा नगरपलिकामा इन्द्र कुंवर, टीकापुर नगरपालिकामा नरेश खत्री, भजनी नगरपालिकामा नवराज मिश्र सभापतिमा चयन भएका छन् ।

यस्तै जिल्लाको चुरे गाउँपालिकामा हेम शाह, जानकी गाउँपालिकामा गणेश रेग्मी, बर्दगोरियामा कृष्ण बिष्ट, कैलारीमा कृष्ण चौधरी, मोहन्यालमा कमल साउद, जोशिपुरमा बसिराम चौधरी सभापतिमा चयन भएका छन् ।

यस्तै गोदावरी नगरपालिका बिरबहादुर चोखालको प्यानल र घोडाघोडी नगरपालिकामा बमबहादुर सिंहको प्यानल विजयी भएका छन् । चोखाल र सिंह जिल्ला सभापति शाह पक्षको टिमलाई पराजित गर्दै सभापतिमा विजयी भएका हुन् ।

Related News

कैेलाली–कञ्चनपुर सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिदाँ राष्ट्रिय परिचयपत्र अनिवार्य
कैेलाली–कञ्चनपुर सहित २८ जिल्लामा सामाजिक सुरक्षा भत्ता लिदाँ राष्ट्रिय परिचयपत्र अनिवार्य
  • २०७८ मंसिर २

काठमाडौं । सरकारले १ साउनदेखि २८ जिल्लामा सामाजिक सुरक्षा भत्ताका...

TOP