२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

जिल्ला अधिवेशनमा केन्द्रको हस्तक्षेप हुँदैन : नेता बलायर

डोटी- नेपाली कांग्रेसमा केन्द्रीय सदस्य तथा नेता बीर बहादुर बलायरले १४ औं महाधिवेशनअन्तर्गत कुनै पनि जिल्ला अधिवेशनमा केन्द्रको हस्तक्षेप नहुने दावी गरेका छन।

नेपाल प्रेस युनियन डोटी शाखाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले वडा अधिवेशनहरु निश्पक्षरुपमा सम्पन्न भएको स्मरण गर्दै जिल्ला अधिवेशनमा पनि कुनै किसिमको हस्तक्षेप नहुने बताए ।

नेता बलायरले डोटी अधिवेशनमा कसैले हस्तक्षेप नगर्ने पनि दावी गरेका छन । उनले भने, ‘राजनीतिमा भविष्य खोजिरहेकाहरुसँग हस्तक्षेप गरिँदैन, कुन नेताको ग्रेड कति भनेर छुट्टाउने हक पनि कसैलाई छैन त्यो त नेता कार्यकर्ता आफैंले निर्णय गर्ने छन ।’

उनले आपसी सद्भाव र समाजप्रतिको योगदानका आधारमा नेतृत्वमा आउनसक्नु सबैभन्दा उत्तम विषय भएको बताए । १४औं महाधिवेशनबाट सबल र सक्षम नेतृत्व चयन गर्नुपर्ने नेता बलायरले बताएका छन ।

उनले स्थानीयस्तरदेखि केन्द्रसम्म नेतृत्व गर्न ईच्छुक व्यक्तिले सबैभन्दा पहिले स्पष्ट मार्गचित्र कोर्नुपर्ने भन्दै महाधिवेशनबाट सबल र सक्षम नेतृत्व चयन हुनेमा आफू बिश्वस्त रहेको उल्लेख गरेका हुन ।

उनले पार्टीको शिद्धान्तलाई सर्वोपरी ठानेर राजनीति गर्नुपर्ने पनि बताए। ‘राजनीतिभित्र आर्थिक विलासीता राज्नु र खोज्नु नै राजनीतिको अन्तिम मर्म हो, नेता बलायरले भने ।’

नेता बलायरले डोटीमा कांग्रेस एकीकृत तवरले चलेमा आगामी चुनावमा ९ वटै स्थानीय तहको नेतृत्वमा पुग्ने धारणा पनि राखेका छन । ‘कम्युनिष्टसँग चुनाव लड्न हामीलाई अरु केहि कुराको आवश्यकता नै छैन् बस हामीले आफ्नो शिद्धान्तलाई सर्वोपरी मान्नुपर्यो अनि निष्ठाको राजनीतिलाई अगाडी सार्नुपर्यो, नेता बलायरले भने।’

महाधिवेशनभन्दा बढी महत्व संगठनको भएको बताउँदै उनले १ दिनको महाधिवेशनका लागि पार्टीभित्रै विचलन आउन नहुने दावी गरे । निष्ठाको राजनीति गरेपछि नेतृत्व आफैँ पाईने पनि उनको भनाइ छ ।

केन्द्रको राजनीति ल्याएर गाउँमा थुपार्ने काम अपराध भएको नेता बलायरको तर्क छ । स्थानीयस्तरबाटै उदाएर समाज परिवर्तनको अभिभारा काँधमा बोक्नु सच्चा राजनीति हो उनले भने ।

कम्युनिष्ट पार्टीहरु फुट्नुको एक मात्रै कारण आर्थिक चलखेल भएको पनि नेता बलायरको भनाइ छ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०७८ मंसिर २

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP