२०८२ माघ २६, सोमबार
February 9, 2026, Monday

कांग्रेस महाधिवेशनकाे कार्यतालिका परिमार्जित : पालिका अधिवेशन तोकिएकै समयमा हुने

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका फेरि परिमार्जन हुने भएको छ । १४ औं महाधिवेशन अन्तर्गत सबै जिल्लाको क्रियाशील सदस्यता नटुंगिदा कार्यतालिका प्रभावित भएको हो ।बुधबार बसेको कांग्रेसका शीर्ष नेताहरुसहितको पदाधिकारी बैठकले दशैंअघि स्थानीय तहको अधिवेशन मात्रै गर्ने निर्णय गरेको हो । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले महाधिवेशनको कार्यतालिका परिमार्जन गर्ने सहमति भएको बताए ।‘अब दशैंअघि पालिका अधिवेशन मात्रै हुन्छ, बाँकी त्यसपछि हुन्छन्,’ उनले भने । नयाँ परिमार्जित कार्यतालिका भने कांग्रेसले सार्वजनिक गरेको छैन ।कांग्रेसमा १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक नहुँदा यी जिल्लाको वडा अधिवेशन अनिश्चित बनेको छ । पौडेल समूहले बाँकी जिल्लाको वडा अधिवेशन सम्पन्न भएपछि मात्रै पालिकाको अधिवेशन गर्नुपर्ने माग गरेपछि कार्यतालिका संशोधन भएको बताइएको छ ।पदाधिकारी बैठक बस्नुअघि वरिष्ठ नेता पौडेल समूहको बैठक बसेको थियो । पौडेल समूहले सबै अधिवेशनहरु सबै जिल्लामा एकै समयमा हुनुपर्ने निर्णय गरेको थियो ।पछिल्लो पटक संशोधित कार्यतालिकामा ५ असोजमा बाँकी जिल्लाको वडा अधिवेशन, ९ गते पालिका अधिवेशन, १२ गते प्रदेश सभा निर्वाचन क्षेत्र, १५ गते प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १८ गते जिल्ला अधिवेशन गर्ने उल्लेख थियो ।कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने कार्यतालिका संशोधनबारे कुनै निर्णय नभएको बताए । उनले ९ असोजका लागि तय भएको पालिका अधिवेशन तोकिएकै मितिमा गर्ने सहमति भएको बताए । ‘अहिलेलाई कार्यतालिका अनुसार नै अधिवेशन गर्ने कुरा भएको छ,’ उनले भने, ‘कार्यतालिका परिमार्जनबारे प्रस्ताव आएका छन्, तर निर्णय भइसकेको छैन ।’

Related News

सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
सहिद दिवस तथा नेपालको भू -राजनीतिक अवस्था
  • २०७८ आश्विन ६

देबेन्द्र दत्त भट्ट , सुजङ्ग स्कुल , राजपुर डोटी ‎नेपालका...

TOP