२०७८ श्रावण ८, शुक्रबार
July 23, 2021, Friday

प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओली समूहका केही सांसदले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन् । 

आइतबार संसदमा भएको मत विभाजनमा प्रेम आले, किसान श्रेष्ठलगायत सांसदले देउवाको पक्षमा मतदान गरेका हुन् । 

आइतबार बसेको एमाले संसदीय दलको बैठकले देउवालाई मतदान नगर्ने र कसैले गरेमा त्यो एमाले नरहने निर्णय गरेको थियो । 

देउवालाई विश्वासको मत दिने विषयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूह नै विभाजित भइरहेको अवस्थामा ओली समूहका केही सांसदले देउवालाई विश्वासको मत दिएको अन्नपूर्णमा समाचार छ ।

Related News

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
  • २०७८ श्रावण ३

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत...

प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
  • २०७८ श्रावण ३

काठमाडौं– जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत...

ओलीलाई प्रचण्डको चेतावनी : आगोसँग नखेल्नुस्
ओलीलाई प्रचण्डको चेतावनी : आगोसँग नखेल्नुस्
  • २०७८ श्रावण ३

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टीलाई कम नआँक्न चेतावनी दिएका छन् । प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाले...

TOP