२०८० चैत्र ६, मंगलवार
March 19, 2024, Tuesday

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत पाएका हुन्। त्यस्तै देउवालाई ८३ जना सांसदले विश्वासको मत दिएनन्। यस्तै एक सांसद तटस्थ बसेका थिए। मतदानमा २४९ सांसद सहभागी रहेकाे सभामुख अग्नि सापकाेटाले जानकारी दिए।

देउवालाई नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), राष्ट्रिय जनमोर्चा र एमालेका माधवकुमार नेपाल पक्षका सांसदहरुले मत दिएका छन्। त्यस्तै एमालेको ओली पक्षका केही सांसदले पनि विश्वासको मत दिएका छन्।

एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका जसपाका महन्थ ठाकुर पक्षका सांसदहरुले समेत साथ दिएपछि उनले सजिलै विश्वासको मत प्राप्त गरेका हुन्।

प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ। देउवा पाँच दलीय गठबन्धन कांग्रेस, माओवादी, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको नेपाल पक्षको समर्थनमा प्रधानमन्त्री भएका हुन्। विश्वासको मत पाएसँगै देउवाले अब यो प्रतिनिधिसभाको पूरा कार्यकाल अर्थात् आगामी डेढ वर्षसम्म सरकार चलाउनेछन्। स्थानीय तहर संसदीय निर्वाचन गराउने दायित्व पनि देउवा सरकारले नै पूरा गर्नेछ।

Related News

१० हजारको बिमाबाट प्राप्त भयो ५ लाख
१० हजारको बिमाबाट प्राप्त भयो ५ लाख
  • २०७८ श्रावण ३

दिपायल – शिखर नगरपालिका- ६ कोटकी चन्नरी देवी लुहारले २०८०...

TOP