२०८० चैत्र १६, शुक्रबार
March 29, 2024, Friday

नवनियुक्त प्रधानमन्त्री देउवाको शपथ साँझ ६ बजे, मन्त्रीको टुंगो लागेको छैन

काठमाडौं– नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले आज बेलुकी ६ बजे शपथ लिने भएका छन्। 

शपथका लागि राष्ट्रपति कार्यालयले आवश्यक तयारी गरेको राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। 
‘बेलुकी ६ बजे नवनियुक्त प्रधानमन्त्रीलाई राष्ट्रपतिले शपथ गराउने तयारी छ। त्यसको सबै तयारी भइसकेको छ।’

सर्वोच्च अदालतको परमादेशपछि आज दिउँसो राष्ट्रपतिले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्री नियुक्त भएका हुन्।

नवनियुक्त प्रधानमन्त्री देउवा मन्त्रीमण्डल गठनका लागि छलफलमा छन्। आफ्नो निवासमा उनले दिउँसो माओवादी अध्यक्ष प्रचण्डलाई बोलाएका थिए। 

गठबन्धनका दलहरु माओवादी, जसपाको उपेन्द्र यादव समूह र जनमोर्चाले सरकारमा सहभागी हुने व्यक्तिको नाम टुंगो लगाएका छैनन्। एमालेको माधव नेपाल समूहले भने सरकारमा सहभागी नहुने जनाइसकेको छ। देउवा स्वयंले पनि मन्त्रीको टुंगो लगाइसकेका छैनन्। 

देउवाले सक्षम व्यक्तिलाई मन्त्री बनाउने बताएका छन्। पार्टीका शीर्ष नेताहरुसँग उनले परिणाममुखी काम गर्नुपर्ने भएकाले सक्षम व्यक्तिलाई मन्त्री बनाउने बताएका हुन्।  

उनले नेताहरुसँग सक्षम व्यक्तिलाई सिफारिस गर्न आग्रहसमेत गरेका छन्। ‘म सहज परिस्थितिमा प्रधानमन्त्री बन्न लागेको छैन। काम गरेर देखानु छ। त्यसैले सक्षम व्यक्तिलाई सिफारिस गर्नुहोला,’ देउवाको भनाइ उदृत गर्दै एक नेताले भने।

गुट समूहका नाममा परिणाम दिन नसक्ने व्यक्तिलाई सिफारिस नगर्न उनले नेताहरुलाई भनेका छन्। उनले वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलासँग मन्त्रीको नाम टुंग्याउन छलफल गर्दै छन्।

Related News

एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
एसईई आजदेखि,१० हजार ८६ विद्यालयका ५ लाख विद्यार्थी सहभागी हुँदै
  • २०७८ असार २९

काठमाडौं – यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ।...

TOP