२०७८ श्रावण ८, शुक्रबार
July 23, 2021, Friday

को हुन गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त कृष्णचन्द्र ?

पोखरा- गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन् । मुख्यमन्त्री नियुक्तका लागि आधार पेश गर्न आहृवान गरेपछि विपक्षी गठबन्धनको तर्फबाट पोखरेलले ३१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेका थिए ।

नेपाली कांग्रेस संसदीय दलका ७१ वर्षीय पोखरेल नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्। २००६ साल मंसिर १३ गते तनहुँको तनहुँसुरमा जन्मेका पोखरेलको राजनीतिक इतिहास लामो छ। नेपाली कांग्रेसबाट राजनीतिका लागि उनले जेल जीवनमात्रै बिताएनन्, जागिरसमेत गुमाएका थिए।

२०२२ सालदेखि राजनीतिमा प्रवेश गरेका उनको सक्रियता आजपर्यन्त उस्तै छ। उनी २०२८ सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य बने। आन्दोलनकै क्रममा ६ पटकभन्दा बढी जेल परेका कृष्णचन्द्र नेपाली पोखरेल त्यसअघि पनि उनी विद्यार्थी राजनीतिमा थिए।

२०२८ सालमा नेपाली कांग्रेस तनहुँ जिल्ला सदस्य बनेका पोखरेल २ विषयका स्नातक हुन्। उनले भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका छन्। ४८ सालपछि निरन्तर झण्डै २० वर्ष पार्टी नवलपरासी कांग्रेसको जिल्ला सभापति भएका हुन्।

२०४८ सालको निर्वाचनमा तत्कालीन नवलपरासी-४ बाट उम्मेदवार बनेका उनी पराजित भएका थिए। उनी त्यसपछि प्रतिनिधिसभा र संविधानसभामा उम्मेदवार बनेनन्। यसअघि एक कार्यकाल उनी कांग्रेसको केन्द्रीय सदस्य भएरसमेत काम गरेका छन्। १३ औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा नेपाली पराजित हुन पुगे।

चार भाइमध्ये नेपाली माइलो हुन्। उनका दाइ रामचन्द्र पोखरेल कांग्रेस केन्द्रीय कार्यालयमा मुख्य सचिव भएका थिए। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदीशचन्द्र पोखरेल नेपालीका भाइ हुन्। कान्छा भाइ सुवासचन्द्र पोखरेल भने अमेरिकामा बस्छन् ।

Related News

प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
प्रेम आलेसहित ओली समूहका सांसदले दिए देउवालाई विश्वासको मत
  • २०७८ जेष्ठ २९

काठमाडौं : नेकपा (एमाले) अध्यक्ष केपी ओली समूहका केही सांसदले कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्...

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत, पक्षमा १६५ विपक्षमा ८३
  • २०७८ जेष्ठ २९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले संसद्मा विश्वासको मत पाएका छन्। प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा देउवाले संसदमा रहेका कुल सांसद संख्याको १६५ मत...

प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
प्रधानमन्त्री देउवाले बहुमतले विश्वासको मत पाउने पक्का, यस्तो छ अंकगणित
  • २०७८ जेष्ठ २९

काठमाडौं– जनता समाजवादी पार्टी (जसपां) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत...

TOP