२०८१ बैशाख ७, शुक्रबार
April 19, 2024, Friday

डोटीमा कांग्रेसको कोभिड -१९ अनुगमन समिति विस्तार, महामारी नियन्त्रणका लागि काम गर्ने

डोटी – डोटीमा नेपाली कांग्रेसको कोभिड –१९ अनुगमन समिति विस्तार गरिएको छ । केन्द्रमा पार्टीका सहमहामन्त्री प्रकाशरण महतको संयोजकत्वमा रहेको कोभिड –१९ अनुगमन समिति जिल्लामा पनि विस्तार गरिएको हो ।

डोटी स्थित कोभिड –१९ अनुगमन समितिका सूचना संयोजक एवं जिल्ला सदस्य जीत बहादुर खड्काको संयोजकत्वमा समिति विस्तार गरिएको छ । समितिमा पार्टी, भातृ संगठन, शुभेच्छुक संगठनका प्रमुख एबं प्रतिनिधिहरु सदस्य रहेका छन् ।

समितिले कारोना भाइरसको महामारी नियन्त्रण तथा रोकथामका लागि काम गर्ने छ । जिल्लामा महामारी नियन्त्रणका लागि भैरहेका प्रयास, स्वास्थ्य क्षेत्रमा भैरहेका गतिविधि, बजेट, सरोकारवालाको भुमिका, संक्रमितको अवस्था, उपचार, स्थानीय सरकारको भुमिका विषयमा अनुगन गर्ने, सुझाव दिने लगातका काम गर्ने संयोजक खड्काले बताए । योसँगै समितिले महामारीका कारण समस्यामा परेका नागरिक, समुदायलाई लक्षित गरेर राहत , सहयोग संकल तथा वितरण गर्ने, स्वास्थ्य सामग्री संकलन तथा वितरण गर्ने निर्णय गरेको छ ।

महामारी नियन्त्रणका लागि जिल्लामा आवस्यक पर्ने स्रोत साधन जुटाएर त्यसको व्यवस्थापन गर्नुका साथै अन्य समयमा विवद व्यवस्थापन, संकट व्यवस्थापन, आपतकालिन अवस्थामा राहत सहयोग उपलब्ध गराउने गरेर समितिले काम गर्ने जनाएको छ ।

स्वास्थ्य एबं राहतमा जिल्लावासीलाई सहयोग गर्न चाहने व्यक्तिहरुलाई समिति मार्फत सहयोग गर्न अपिल गरिएको छ । सहयोगका लागि समितिका सयोजक जीत बहादुर खड्का र सदस्य भरत बहादुर कठायतको नाममा संयुक्त खाता सञ्चालन गरेको छ । सहयोगी दाताहरुले ग्लोबल आइ.एम.ई बैंक दिपायल शाखाको खाता नं. H ६०७०१०००१०६५ मा सहयोग गर्न सकिने छ ।

सहयोगी दाताहरुले आफुसँग उपलब्ध खाद्यान्न, स्वास्थ्य सामग्री, अक्सिजन लगायतका सामग्री र नगद सहयोग गर्न सकिने समितिले जनाएको छ । समितिमा उपलब्ध सहयोग कोरोना महामारी पछि पनि विपदका बेला समेत परिचान गरिने छ ।

Related News

मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
मेसिनको प्रयोगबाट पहिलो पटक चैते धान रोपियो
  • २०७८ जेष्ठ १२

दिपायल – डोटीमा मेसिनको प्रयोगबाट चैते धान रोपिएको छ। कृषि...

TOP