२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

सुदूरपश्चिम सरकारबाट एमालेले समर्थन फिर्ता लिने, राजीनामा नदिने मन्त्री कारबाहीमा पर्ने

कैलाली- सुदूरपश्चिम प्रदेश सरकारबाट फिर्ता नहुने मन्त्रीलाई एमालेले कारबाही गर्ने जनाएको छ । गत चैत्र १५ गते सम्पन्न नेकपा एमालेको प्रदेश कमिटी बैठकले प्रदेश सरकारबाट एमाले बाहिरिने निर्णय गरेको थियो । निर्णय भएको २ महिना सम्म पनि प्रदेशमा एमाले र माओवादीले संयुक्त रुपम सरकार चलाइरहेका छन् ।

माओवादी केन्द्रले नेतृत्व गरेको सरकारमा एमालेका ३ जना मन्त्री रहेका छन् । एमालेका तर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश शाह, सामाजिक विकास मन्त्री कृष्ण सुवेदी र उद्योग वन तथा वातावरण मन्त्रीमा माया भट्ट छिन् । मुख्यमन्त्री त्रिलोचन भट्टले आन्तरिक मामिला तथा कानुनमन्त्री शाहलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी दिएका छन् ।

पहिलो उक्त मन्त्रालय माओवादी केन्द्रबाट निर्वाचित झपट बोहराले सम्हालिरहेका थिए । उनले माओवादीबाट एमालेमा प्रवेश गर्नु अघि नै राजीनामा दिएपछि मन्त्रालय मन्त्रीविहीन भएको थियो ।

४ मन्त्रालयको जिम्मेवारी पाएका तीन मन्त्री तत्काल सरकारबाट नआए कारबाही गर्ने एमाले प्रदेश अध्यक्ष कर्ण थापाले जानकारी दिए ।

‘हामीले सरकारबाट बाहिर आउने र आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेका छौँ,’ उनले भने, ‘माओवादीको सरकारबाट बाहिर नआउने मन्त्रीलाई पनि कारबाही हुन्छ ।’

प्रदेश सरकारमा रहेको तीनै जना मन्त्री माधव समूहका हुन् । पार्टी केन्द्रलाई तत्काल फिर्ता बोलाउन सिफारिस गरेको र केन्द्रीय नेतृत्वले नै मन्त्रीलाई फिर्ता बेलाउने पत्र लेख्ने छ । त्यसपछि पनि अटेरी गरे कारबाही हुने उनले बताए ।

‘अहिले नै उहाँहरू फिर्ता हुनुपर्ने हो उहाँहरू हुनुभएको छैन ’थापाले भने ‘यस विषयमा केन्द्रमा सिफारिस गरेका छौं ।’

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७८ जेष्ठ ९

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP