२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

विपक्षी गठबन्धन सर्वोच्च जाने तयारीमा, सांसदहरुलाई नागरिकतासहित भेला हुन निर्देशन

काठमाण्डौं– विपक्षी गठबन्धनका नेताहरु आज संसद विघटनविरुद्ध रिट हाल्न सर्वोच्च अदालत जाने तयारी गरेका छन् । त्यसको तयारीका लागि दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित सिंहदबारमा भेला हुन निर्देशन दिएका छन् ।

काँग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले कानुनी उपचारका लागि सर्वोच्च अदालत जाने तयारी भइरहेको बताइन् । ‘केहीबेरमा हामी सिंहदबारमा भेला हुँदैछौं । तयारी पूरा हुनासाथ हामी सर्वोच्च जान्छौं,’ उनले भनिन् ।

शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दूर्गा पौडेलको संयुक्त बैठकले संसद विघटनको कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको थियो ।

विपक्षी गठबन्धनका बहुमत सांसदहरुको समर्थन रहेको दाबीसहित कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी गरेका थिए । तर दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद विघटन गरी आगामी कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचनको मिति घोषणा गरेकी थिइन् । राष्ट्रपतिको उक्त कदम विपक्षी गठबन्धनले अस्वीकार गरेको छ ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७८ जेष्ठ ९

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP