२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

राष्ट्रपति कार्यालयको वेबसाइटबाट हटाइयो संसद विघटन, दावी खारेज र सरकार बनाउन आव्हानको सूचना

काठमाडौँ – धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरिएको र प्रतिनिधिसभा विघटन सम्बन्धी महत्वपूर्ण सूचना राष्ट्रपति कार्यालयको वेबसाइटबाटै हटाइएको छ। गत विहीबार, शुक्रबार, पाँच बजेपछि, राति ११ बजेपछि र राति १ बजेर ५० मिनेटपछि वेबसाइटमा राखिएका महत्वपूर्ण सूचना हटाइएको हो।

प्रधानमन्त्री केपी ओलीसँग मिलेर प्रतिनिधिसभा विघटन गर्न जायज-नाजायज काम गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार र शुक्रबार जारी गरेका ऐतिहासिक सूचनाहरु सार्वजनिक पहुँचबाट झिकिएको हो।

राष्ट्रपति भण्डारीको कदमको चौतर्फी आलोचना भइहरको बेला त्यसलाई राष्ट्रपति कार्यालयको वेबसाइबाटै हटाएको हो।

मिडिया, नागरिक समाज, राजनीति र कानुनका जानकारहरुले राष्ट्रपति भण्डारीले ओलीको गैरसंवैधानिक कदमलाई अपारदर्शी र षड्यन्त्रपूर्वक रुपमा अनुमोदन गरेको आरोप लागेको छ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७८ जेष्ठ ९

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP