काठमाडौं । सरकारले प्रतिनिधिसभा भंग गरी मध्यावधि निर्वाचन घोषणा गर्न सिफारिस गरेको छ ।
संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएका थिए ।
बैठकले संसद भंग गरी मध्यावधि चुनाव घोषणा गर्न सिफारिस गरेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार चुनाव दुई चरणमा हुनेछ । पहिलो चरण कात्तिक २६ र दोस्रो चरणको चुनाव मंसिर ३ गते तोक्न सिफारिस गरिएको छ ।
काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...