२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

‘प्रधानमन्त्रीका लागि ओलीको दाबी असंवैधानिक’

काठमाडौं– बहालवाला प्रधानमन्त्रीले पुनः प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिसमक्ष दाबी पेस गर्नु असंवैधानिक हुने बताएका छन्। 

वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्रीमा केपी शर्मा ओलीको दाबी गैरसंवैधानिक भएको बताए। ‘जसले संविधानको धारा ७६ को उपधारा ३ अनुसार बहुमत पुर्‍याउन सकिनँ भनेर नयाँ सरकार गठनका लागि अपिल गर्न लगायो, उसैले बहुमत सांसद मसँग छन् भनेर दाबी गर्नु केटाकेटीको खेलजस्तै मात्रै हो,’ उनले भने, ‘धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको अपिल ओली बाहेकका सांसदका लागि हो।’

ओलीले ७६ को ३ मा बहुमत पुर्याउन सक्दिनँ भनिसकेको अवस्थामा फेरि प्रधानमन्त्रीमा दाबी गर्नै नमिल्ने थापाको दाबी छ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७८ जेष्ठ ७

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP