२०७९ चैत्र ७, मंगलवार
March 21, 2023, Tuesday

देउवाले १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी प्रस्तुत गर्ने

विपक्षी गठबन्धनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा दाबी प्रस्तुत गर्ने  तयारी गरेको  छ।

सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा अहिले देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपाल, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवलगायत नेताहरू छलफल गरिरहेका छन्।

स्रोतका अनुसार उनीहरूले सांसदको हस्ताक्षर लिइरहेका छन्। १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा नयाँ सरकारका लागि दाबी पेश गर्न जाने तयारी उनीहरूको छ।

हस्ताक्षर गर्नेमा कांग्रेस  र माओवादी केन्द्रका बाहेक माधवकुमार नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र-बाबुराम समूहका १३ जना छन्। 

नयाँ सरकार बनाउन संसदमा कायम २७१ सांसदमध्ये १३६ जना चाहिन्छ।

Related News

कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
कर्मचारीलाई तलव खुवाउन ऋण लिनुपर्ने अवस्था आउने अर्थविद् पोखरेलको चेतावनी
  • २०७८ जेष्ठ ७

काठमाडौं – अर्थविद डाक्टर गोविन्दराज पोखरेलले मुलुकको खस्कँदो अर्थतन्त्रप्रति चिन्ता...

TOP