काठमाडौं – सत्ता टिकाउनकै लागि प्रधानमन्त्री केपीशर्मा ओलीले जसपाको महन्थ राजेन्द्र पक्षसँग अर्को समझदारी गरेका छन्।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा ओली, महन्थ ठाकुर र राजेन्द्र महत्तोबीच संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भएको हो।
जसपाका कार्यकारीणि समितिका सदस्य सुरेन्द्र झाले पनि संविधान संशोधनका लागि कार्यदल बनाउने सहमति भएको जानकारी दिए।
यस्तै नागरिकता कानुन सरकारले अध्यादेशबाटै जारी गरेर जन्मसिद्धका आधारमा सन्तानलाई वंशजको नागरिकता दिने सहमति पनि बिहीबार भएको छ। ‘हिजो कार्यदल बनाउनेदेखि लिएर केही महत्वपूर्ण राजनीतिक घटनाक्रम भएका छन्,’उनले भने,‘दिउँसोसम्म ती सबै आज सार्वजनिक हुन्छन् होला।’
तपाईहरुका माग एकपछि अर्को पुरा हुँदै गइरहेको छ अब के ओलीलाई नै निरन्तरता हुन्छन भन्ने प्रश्नमा उनले साँझसम्म सबै विकल्प खुल्ला रहेको र त्यसमा नेताहरु छलफल गरिरहेको जानकारी दिए।
नागरिकता कानुन सरकारले अध्यादेशबाटै जारी गरेर जन्मसिद्धका आधारमा सन्तानलाई वंशजको नागरिकता दिने सहमति पनि बिहीबार भएको छ।
‘५ बजेसम्म सबै विकल्प खुल्ला छन्। अब के हुन्छ हेर्दै जानुस्,’उनले भने,‘नेताहरु बिहानैदेखि छलफलमा जुट्नु भएको छ।’
जसपाकै अर्का एक नेताले भने आफूहरुले उठाउँदै आएका माग सम्बोधन भएमा ओली नेतृत्वको सरकारलाई नै सहयोग गर्ने निष्कर्ष निकालिसकेकाले अब ओलीलाई सहयोग गर्ने हिसाबले अघि बढ्न लागेको बताए।
‘हामीले उठाएका माग जसले पुरा गर्छ उसलाई सहयोग गर्छौं भन्दै आएका थियौं,’उनले भने,‘हामी ओली नेतृत्वको सरकारमा सहभागी हुने वातावरण बनेको जस्तो छ, नेताहरुले निर्णय गर्नुहुन्छ होला।’
जसपाको महन्थ राजेन्द्र पक्षले बहुमत सांसद आफूहरुसित रहेको बताउँदै आएको छ। एमालेको नेतृत्वमा सरकार बनाउन अर्को पार्टीका १५ जना सांसद भए पुग्ने देखिन्छ। यद्यपी नेकपा एमालेभित्रको आन्तरिक विवादले कति असर पार्छ त्यो हेर्न बाँकी नै छ।
बैशाख २७ गते नै विश्वासको मत लिने दिने माधव झलनाथ पक्षका २८ जना सांसदहरुले ह्वीप उल्लंघन गर्दै बैठकमा नै अनुपस्थित भएका थिए।
आन्तरिक विवादमा फसेको जसपाका दुईअध्यक्षले केहीदिन अघि आठ बुँदे विज्ञप्ति जारी गरेर राष्ट्रिय सहमतिको सरकार वा जसपाकै नेतृत्वमा सरकार बन्ने अवस्था आए मात्रै सहभागी हुने बताएका थिए।
बालुवाटारमा छलफल सकेर बिहीबार अबेरराति राष्ट्रपति निवासमा पुगेका थिए प्रधानमन्त्री ओली, जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महत्तो। राष्ट्रपति साक्षी राखेर नै संविधान संशोधन कार्यदल बनेको बताइएको छ। जसपाका एक नेताका अनुसार सबै कुरो सकिएपछि मात्रै कार्यदलको घोषणा गर्ने र अहिले सार्वजनिक नगरिने बताए।
आन्तरिक विवादमा फसेको जसपाका दुईअध्यक्षले केहीदिन अघि आठ बुँदे विज्ञप्ति जारी गरेर राष्ट्रिय सहमतिको सरकार वा जसपाकै नेतृत्वमा सरकार बन्ने अवस्था आए मात्रै सहभागी हुने बताएका थिए। तर, महन्थ र राजेन्द्र पक्ष फेरी पनि फरक पार्टीकै अभ्यासमा अघि बढेपछि जसपाको विवादले पनि उग्र रुप लिने देखिएको छ।
‘पार्टीमा एक खालको सहमति गरेर भित्र भित्र ओली सत्ता जोगाउन नेताहरुले नै अनेक गरिरहनुभएको छ,’जसपाको उपेन्द्र निकट एक नेताले भने,‘यो सब केपी ओलीले गरिरहेको षडयन्त्र हो। सरकार जोगिसकेपछि केही कार्यान्वयन हुन्छ भन्ने लाग्दैन्।’
काठमाडौं । सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष...